प्रधानमन्त्रीले भने- अर्को सरकार बनाउने खेलमा एमाले छैन, ०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन | Khabarhub Khabarhub

प्रधानमन्त्रीले भने- अर्को सरकार बनाउने खेलमा एमाले छैन, ०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका छन् ।

मंगलबार काठमाडौंमा भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्ता गठबन्धनका ठूला दल एमाले–कांग्रेसबीच कुनै समस्या नरहेको भन्दै ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका हुन् ।

उनले अबको केही समयपछि प्रधानमन्त्री मात्रै परिवर्तन हुने तर गठबन्धनमा कुनै असर नपर्ने धारणा राखे । प्रधानमन्त्री ओलीले ८४ को निर्वाचनपछि पनि एमाले की कांग्रेसले सरकार बनाउने उल्लेख गर्दै दुई दलमध्ये कसैको बहुमत नपुगे फेरी कांग्रेस–एमाले मिलेर नै सरकार बनाउने जिकिर गरे ।

उनले टालाटुली बाटुली भनेजस्तो गरेर के के भेला पारेर अर्को सरकार बनाउने पक्षमा एमाले नरहेको बताए ।  

ओलीले आफूहरूको ध्यान मुलुकको विकासमा रहेको भन्दै विकास नचाहनेहरूले अनावश्यक रूपमा सरकार परिवर्तनको चर्चा चलाउने गरेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरेर सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगलाई निर्देशन दिए । 

प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै जिल्लास्थित आयोगहरूलाई अबको दुई साताभित्र पूर्णता दिन पनि निर्देशन दिए । 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : ४९ बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले