बलोचिस्तानमा विद्रोही आक्रमण, ९ सैनिक मारिए « Khabarhub

बलोचिस्तानमा विद्रोही आक्रमण, ९ सैनिक मारिए


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको बलोचिस्तान प्रान्तमा सोमबार भएको विद्रोही आक्रमणमा ९ जना सैनिकको ज्यान गएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् ।

घटना वाशुक जिल्लाको बसीमा क्षेत्रमा भएको हो, जहाँ दर्जनौँ सशस्त्र विद्रोहीहरूले प्रहरी चौकी र सीमा सुरक्षा बलको भवनमा आक्रमण गरेका थिए । आक्रमणकारीहरू मोटरसाइकलमा सवार भई आएका थिए र उनीहरूले हातहतियार तथा बमको प्रयोग गरेर भवनहरूमा तोडफोड गरेका थिए ।

एक स्थानीय अधिकारीका अनुसार, सैनिकहरू जब आक्रमणस्थलतर्फ जाँदै थिए, त्यहीबेला विद्रोहीहरूले उनीहरूलाई लक्षित गरी आक्रमण गरेका थिए, जसमा ९ जना सैनिकको मृत्यु भयो । यस घटनामा थप ६ जना सैनिक घाइते भएका छन् ।

हालसम्म कसैले आक्रमणको जिम्मा लिएको छैन, तर बलुचिस्तानमा बलोच मुक्ति सेना सबैभन्दा सक्रिय सशस्त्र समूह हो, जसले पछिल्लो समय धेरै आक्रमणहरू गरेको छ ।

यही दिन, अमेरिकाले बलोच मुक्ति सेनालाई विदेशी आतङ्ककारी समूहको सूचीमा राखेको घोषणा गरेको छ । यसअघि उक्त समूहलाई कम कठोर सूचीमा राखिएको थियो, तर पछिल्लो आक्रमणहरूका कारण प्रतिबन्ध कडा बनाइएको हो ।

मानव अधिकारकर्मी र बलोच पृथकतावादीहरूको भनाइमा, पाकिस्तानी सुरक्षाकर्मीहरूले विद्रोह नियन्त्रण गर्ने क्रममा जबरजस्ती बेपत्ता पार्ने र गैरन्यायिक हत्या गर्ने कार्यहरू गर्दै आएका छन्, जसले स्थिति अझ जटिल बनाएको छ ।
 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ७ : १७ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल