कोशीको एमाले बैठकमा बस्नेतले भने- विद्या भण्डारीको अपमान गर्न पाइँदैन, सदस्यता रोक्ने निर्णय सच्याऊँ | Khabarhub Khabarhub

कोशीको एमाले बैठकमा बस्नेतले भने- विद्या भण्डारीको अपमान गर्न पाइँदैन, सदस्यता रोक्ने निर्णय सच्याऊँ


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धनकुटाको हिलेमा जारी नेकपा एमालेको कोशी प्रदेश कमिटी बैठकमा प्रदेश कमिटी सदस्य रोशन बस्नेतले केन्द्रीय नेतृत्वको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै कडा चेतावनी दिएका छन्।

बस्नेतले बैठकलाई उत्सवजस्तो माहोलमा सञ्चालन गर्नु अनुचित भएको बताउँदै पार्टी नेतृत्व र पदाधिकारीहरूलाई लक्षित गरेर ‘पानी र बानी माथिबाटै सङ्ग्लो हुनुपर्ने’ उल्लेख गरे।

उनले केन्द्रीय कमिटीको अपानि १२ को बुँदा नं. ६ अन्तर्गत ‘पूर्वराष्ट्रपति पार्टी राजनीतिमा संलग्न हुन नहुने’ भन्ने निर्देशनात्मक निर्णयले कार्यकर्तामा निराशा र दुःख सिर्जना गरेको भन्दै यो निर्णय सच्याउन माग गरे।

उनले भने, ‘यो निर्णयले मिसन ०८४ मा गम्भीर असर गर्ने अवस्था छ। आमकार्यकर्ताले यसलाई सच्याउन माग गरेका छन्।’

बस्नेतले वर्तमान सूचना प्रविधिको युगमा ज्ञान र सूचना माथिल्लो तहबाट मात्र आउने पुरानो सोच त्याग्नुपर्नेमा जोड दिए।

उनले केन्द्रीय निर्णयहरूबारे स्पष्ट जानकारी तल्लो संरचनामा नपुर्‍याई कतिपय नेताले भ्रम फैलाउने गरेको आरोप लगाए। ‘केन्द्रीय बैठकमा नोट अफ डिसेन्ट राखिएको विषय तल्लो तहमा ल्याउनुपर्छ, लुकाउन हुँदैन,’ उनले भने ।

एमाले पूर्वउपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खारेज गर्ने निर्णय आपत्तिजनक भएको भन्दै बस्नेतले त्यसलाई पार्टीको इतिहास र योगदानमाथिको अपमानको रूपमा व्याख्या गरे।

‘२०३० को दशकदेखि कम्युनिस्ट आन्दोलनमा समर्पित, ४५ वर्षअघि सदस्यता लिएकी नेतृलाई हिलो छ्याप्ने काम नेतृत्व तहबाटै हुनु दुःखद हो। यसलाई सच्याउनुपर्छ’, उनले भने ।

बस्नेतले एमाले केन्द्रीय कमिटीलाई तत्काल भण्डारीको सदस्यता पुनःस्थापना गर्न आग्रह गरेका छन् । उनले त्यसबाट मात्रै पार्टीलाई थप सशक्त बनाउन सकिने पनि बैठकमा बताएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ७ : ४३ बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले