बंगलादेशको बन्दरगाह आएको पानीजहाजको कन्टेनरमा रेडियोधर्मी पदार्थ भेटिएपछि… « Khabarhub

बंगलादेशको बन्दरगाह आएको पानीजहाजको कन्टेनरमा रेडियोधर्मी पदार्थ भेटिएपछि…


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत अगस्ट १० का दिन बंगलादेशको चटगाउँ बन्दरगाहमा खैलाबैला मच्चियो । अलार्म प्रणालीले पानीजहाजको कन्टेनरमा संदिग्ध रेडियोधर्मी पदार्थको पहिचान गरेपछि त्यस दिन बन्दरगाहमा खैलाबैला मच्चिएको थियो ।

एमभी माउन्ट क्यामरुन नामक कार्गो जहाजका छ वटा कन्टेनरमा यस्तो रेडियोधर्मी पदार्थको पहिचान भएको थियो । पछि त्यस कन्टेनरमा थोरियम २३२, रेडियम २२६ र इरिडियम १९२ रेडियोधर्मी पदार्थ पहिचान गरिएको थियो ।

चटगाउँ बन्दरगाह प्राधिकरणका अनुसार हङकङको ध्वजा भएको उक्त जहाजले ब्राजिलमा पत्रु फलाम लोड गरेको थियो । त्यो जहाज पछिल्लो पटक श्रीलंकाको कोलम्बो बन्दरगाहमा रोकिएको थियो ।

कोलम्बोमा रोकिएका बेला कन्टेनरमा कुनै पदार्थको पहिचान नभएको जनाइएको छ । समाचारमा जनाइएअनुसार बंगलादेशको अल अक्शा स्टिल मिल्स लिमिटेडले उक्त पत्रु फलाम आयात गरेको हो ।

रेडियोधर्मी पदार्थको वास्तविक स्तर मापन गर्न थप अध्ययन भइरहेको बंगलादेशी अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ९ : १७ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग