श्रमदानबाट सडक मर्मत « Khabarhub

श्रमदानबाट सडक मर्मत


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका छन् । नागी–राम्चे सडकको थावनगाउँ नजिकै छहरेखण्डमा गत असारको तेस्रो साता पहिरोले भत्काएको सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरी यातायात सञ्चालन गरेका हुन् ।

राम्चेका बासिन्दा फसबहादुर गर्बुजाले बिहीबार करिब ७५ जनाले श्रमदान गरेर सडक मर्मत गरेका जानकारी दिए ।

‘करिब दुई महिनादेखि नागी–राम्चे सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावतका साथै आलुलगायत कृषि उपज बजार पठाउन समस्या भएको थियो’, उनले भने, ‘सरकारी निकायको आश गर्दा ढिलाइ हुने भएकाले राम्चेका सबै घरबाट एक–एक जनाले श्रमदान गरेर सडक खुलाएका हौँ’, बिहीबार दिनभर श्रमदान गरेका थिए । 

पहिरोसँगै भासिएको करिब सात मिटर दूरीको सडकमा जगदेखि नै पर्खाल निर्माण गरेर जिप, ट्याक्टर र मोटरसाइकल वारपार गर्न मिल्ने बनाएको गर्बुजाले बताए। अन्नपूर्ण गाउँपालिका–७ महभिरदेखि हिस्तान–काफलडाँडा हुँदै राम्चे जोड्ने सडक घुमाउँरो र जोखिमयुक्त भएकाले राम्चेवासीले सदरमुकाम बेनी आवतजावत गर्न नागी–लेकफाँट–मल्लाज–बेनी सडक प्रयोग गर्छन् । 

अन्नपूर्ण गाउँपालिका–८ को कार्यालय राम्चेमा छ । राम्चे आलुको पकेट क्षेत्र हो । सडक अवरुद्ध हुँदा नागीका बासिन्दालाई राम्चेमा रहेको वडा कार्यालय र स्वास्थ्यचौकीको सेवा लिन आवतजावत गर्न समस्या भएको थियो । 

सडक अवरुद्ध भएपछि समस्यामा परेका नागीमा रहेको हिमाञ्चल माविमा पढ्ने राम्चे, काफलडाँडाका विद्यार्थीलाई पनि सहज भएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ७ : २२ बजे

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य