जेन-जीको आन्दोलनमा निजी क्षेत्रमा भएको क्षतिप्रति महासंघ दुख व्यक्त « Khabarhub

जेन-जीको आन्दोलनमा निजी क्षेत्रमा भएको क्षतिप्रति महासंघ दुख व्यक्त


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी पुस्ताले मुलुकभर चलाएको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गरेको छ । महासंघले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

युवा पुस्ताले मर्यादित रोजगारी, स्वरोजगारी, र सरकारी राजस्वको सदुपयोग जस्ता विषयमा उठाएका चासोप्रति संवेदनशील हुन महासंघले नेपाल सरकार, राजनीतिक दल, र सरोकारवाला सबैलाई आग्रह गरेको छ । महासंघले मुलुकमा थप निराशा र अशान्तिको वातावरण सिर्जना नहोस् र शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग नगरियोस् भनी सबैको ध्यानाकर्षण गराएको छ ।

महासंघका अनुसार, सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धि भए मात्रै उच्च ज्यालासहितको मर्यादित रोजगारी सम्भव छ । आर्थिक गतिविधिलाई चलायमान बनाउन र पर्यटन सिजनमा नेपालबाट सकारात्मक सन्देश दिनका लागि संयमित भएर संवाद र सहकार्यबाट समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा महासंघले जोड दिएको छ ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन महासंघले सरकार, राजनीतिक दल, र जेन जी पुस्तालाई अपिल गरेको छ । साथै, नागरिकको सरकारी सेवामा सहज पहुँच, स्वतन्त्र पेसा–व्यवसाय गर्ने अधिकारको सुनिश्चितता, र लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गर्न पनि महासंघले सबै सरोकारवालालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १२ : ०८ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल