प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याउन सफाइ कार्य सुरु « Khabarhub

प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याउन सफाइ कार्य सुरु


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेनजी आन्दोलनको क्रममा जलेका प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याउन सफाइ कार्य सुरु गरिएको छ ।

स्थानीय युवा र प्रहरी मिलेर जलेका प्रहरी कार्यालयहरूमा सरसफाइ कार्य सुरु गरिएको हो । जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा आक्रमण हुँदा अधिकांश भौतिक संरचना जलेर नष्ट भएका छन् भने प्रहरीहरू समेत विस्थापित हुन पुगेका थिए । 

अवस्था सामान्यतर्फ उन्मुख हुँदै गर्दा प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याउने प्रयास सुरु भएको हो । त्यस्तै उपत्यकाभित्रका प्रहरी वृत्तबाट काम भइरहेको छ । 

काठमाडौं उपत्यकाका रहेका १७ वटा वृत्त मध्ये आन्दोलनका क्रममा प्राय सबै कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।

केही चौकीमा प्रहरी फर्किदा स्थानीयहरूले स्वागत समेत गरेका छन् । 

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  १२ : ५९ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट