झापामा कर्फ्यु जारी : घरबाहिर ननिस्कन प्रशासनको आग्रह « Khabarhub

झापामा कर्फ्यु जारी : घरबाहिर ननिस्कन प्रशासनको आग्रह


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

झापा– प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आज बिहान १० देखि बेलुका ५ बजेसम्म कर्फ्यु जारी रहेका कारण घर बाहिर ननिस्कन आदेश जारी गरेका छन् । 

उनले सो अवधिमा घरबाट बाहिर निस्कनै पर्ने जरुरी काम भएमा सुरक्षा निकायसँग अनुमति लिएर मात्र निस्कन जारी आदेशमा उल्लेख गरेका छन् । 

जेनजी आन्दोलनपछि जिल्लामा केही अराजक तत्त्वले सार्वजनिक र निजी सम्पत्तिको लुटपाट, हत्या हिंसालगायतका घटना गरिरहेका कारण कर्फ्यु जारी राख्नुपरेको बताए । 

हाल कर्फ्युको अवधिमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बिर्तामोड, दमक, भद्रपुर, मेचीनगरलगायतका क्षेत्रमा गस्ती गरिरहेका छन् । उनीहरूले आदेशको उल्लङ्घन गरेर सवारी साधन लिएर बाहिर निस्किएकालाई जताबाट आयो उतै फर्काइरहेका छन् । 

प्रजिअ अधिकारीले बेलुका ५ देखि ७ बजेसम्म सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिदका लागि कर्फ्यु खुकुलो बनाएको बताए । साँझ ७ बजेदेखि पुनः २८ गते बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने सूचनामा उल्लेख छ । 

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  २ : २० बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु