जेनजीको समर्थन गरेका दीपकराजले किन ज्यानको असुरक्षा महसुस गरे ? « Khabarhub

जेनजीको समर्थन गरेका दीपकराजले किन ज्यानको असुरक्षा महसुस गरे ?


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार दीपकराज गिरीले जेनजी आन्दोलनको समर्थन गर्दा आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत् धम्की आएको खुलासा गरेका छन् । फोन र सामाजिक सञ्जाल फेसबुकमार्फत् धम्की आएको उनले शुक्रबार बताएका हुन् ।

दीपकका अनुसार उनलाई मंलबारबाट धम्की आउन सुरु भएको हो । ‘जेनजीलाई उकास्ने तँ ? कलाकार भएर जेनजी तिर लाग्ने । एक एक हिसाब राखिन्छ’ भन्दै धम्की आएको उनको दाबी छ ।

यसरी धम्की आएका मेसेज र कल रेकर्ड आफूले सुरक्षित राखेको उनको दाबी छ । व्यक्ति, कुनै पार्टी वा संस्था विशेषबाट धम्की आएकोबारे उनले खुलाएका छैनन् ।

दीपक सुरुवातदेखि नै जेनजी आन्दोलनमा समर्थन गर्दै आएका थिए । उनले आन्दोलनबारे सामाजिक सञ्जालबाटै विभिन्न टिप्पणी सार्वजनिक गरिरेहेका छन् ।

यस धम्कीबाट दीकले ज्यानको असुरक्षासमेत महसुस गरेका छन् । उनले लेखेका छन्, ‘अस्तिको आन्दोलनमा पनि सबै दोषी मात्रै दण्डित भएनन् । कति निर्दोष मान्छेहरु पनि पीडित हुन पुगेको देखेको छु । यदि तपाईंहरुले धम्की दिए जस्तै भयो भने म पनि त्यो सूचीमा थपिनेछु भनेर चित्त बुझाउनुबाहेक मसँग अर्को बिकल्प छैन ।’

उनले शान्तिपूर्ण आन्दोलनको आफूले समर्थन गरेको स्वीकारसमेत गरेका छन् ।

विद्यार्थीहरुले शहादत प्राप्त गरेपछि आफू थप चुप बस्न नसकेको उनको जिकीर छ । उनले लेखेका छन्, ‘दोस्रो दिन जब स्कुल र कलेज जाने साना साना बालकहरुको टाउकोमा गोली लागेर ढलेको तस्बिर देखियो । त्यो देखेपछि को नै चुप लागेर बस्न सक्यो होला र ?’

आन्दोलन हिंसात्मक बनेपछि प्रधानमन्त्रीलाई राजीनामा दिन अन्य कलाकारले जसरी नै आफूले पनि दबाब दिएको उनी भनाइ छ । तर, प्रधानमन्त्रीले ढिला गरेर राजीनामा दिएको विषयमा उनी अझैँ अडिक छन् ।

उनले अगाडि लेखेका छन्, ‘प्रधानमन्त्री ज्यूलाई थप हिंसा रोक्नका लागि राजीनामा दिन अनुरोध पनि ग¥यौं । कति जना त सडकमा नै गयौं । लगभग त्यतिबेला धेरै अभिभावकहरु आफ्नो बच्चा मरेको पीडाबोध गरेर सडकमा आइसकेका थिए । राजीनामा आउन ढिला भइसकेको थियो ।’

दीपकको स्ट्याट्स :

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  २ : १९ बजे

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको