६ पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट अवकाश गराउने प्रयास | Khabarhub Khabarhub

६ पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट अवकाश गराउने प्रयास

झलनाथ तयार, बाबुराम सकारात्मक, अरुले निर्णय दिन बाँकी


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


17.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्रष्टाचार र सरकारी बेथितिविरूद्ध जेन–जी पुस्ता सडकमा उत्रिएपछि उत्पन्न राजनीतिक संकट समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेल प्रयासरत छन् । यही बेला प्रमुख राजनीतिक दलका दोस्रो पुस्ताका नेताहरु भने ६ जना पूर्वप्रधानमन्त्रीहरुलाई राजनीतिबाटै अवकाश गराउने प्रयासमा लागेका छन् ।

भदौ २३ गते शुरु भएको जेन–जीको आन्दोलन उग्र बनेसँगै प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर बालुवाटरबाट भागेपछि उत्पन्न संकट समाधानका लागि राष्ट्रपति पौडेलले विभिन्न पक्षसँगको छलफललाई तीब्रता दिएका छन् ।

राष्ट्रपति पौडेलले बिहीबारमात्रै संविधानविदहरूसँग मुलुकको पछिल्लो अवस्था र अब चाल्नुपर्ने कदमका बारेमा सुझाव मागेका छन् । आन्दोलनरत पक्षले अन्तरिम सरकार गठनका लागि अघि सारेको मागमा नेपाली सेनाले सहजीकरण गरिरहेको छ ।

जेन–जी पुस्ताको आन्दोलनमा सहभागी भएकाहरू बीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि पठाउने बारे लगभग सहमति भइसकेको बताइन्छ ।

तर, पनि आम नेपाली जनतामा अब मुलुक कता जान्छ ? मुलुकमा के हुन्छ भन्ने चासो र चिन्ता व्यापक रहेका बेला पछिल्लो घटनाक्रमलाई सुरक्षित अवतरणका लागि विभिन्न दलका दोस्रो पुस्ताका नेताहरू सक्रिय बनेका छन् ।

प्रतिनिधिसभाका तीन ठूला दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सँगै नेकपा (एकीकृत समाजवादी) दोस्रो तहका नेताहरू आन्तरिक छलफलमा छन् ।

उनीहरूले विभिन्न दलका तर्फबाट मुलुकको नेतृत्व सम्हालिसकेका पाँचजना पूर्वप्रधानमन्त्रीहरूलाई सक्रिय राजनीतिबाट अवकाशमा पठाएर राजनीतिक वातावरण बनाउने प्रयास गरिरहेका छन् ।

स्रोतका अनुसार चारवटै दलका दोस्रो पुस्ताका नेताहरू कामचलाऊ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईलाई राजनीतिबाट अवकाश लिनुपर्ने निष्कर्षमा पुगेका हुन् ।

उनीहरूले ६ जना पूर्वप्रधानमन्त्रीहरूलाई संयुक्त वक्तव्यमार्फत् सक्रिय राजनीतिबाट अवकाश लिएको घोषणा गराउनेसम्मको तयारी गरेका छन् । यो तयारी चारवटै दलका पदाधिकारी तहका दोस्रो पुस्ताका नेताहरूले गरिरहेका स्रोतको भनाइ छ ।

‘सबै ६ जनै पूर्वप्रधानमन्त्रीहरूलाई संयुक्त वक्तव्य निकालेर राजनीतिबाट अवकाश लिन लगाउने, अब राम्रोसँग देश चलाउनू भन्न लगाउने होमवर्क हामीहरू गरिरहेका छौँ,’ कम्युनिस्ट विचार बोक्ने दलका एक पदाधिकारीले खबरहबसँग भने ।

दोस्रो तहका नेताहरूले गरिरहेको प्रयासमा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले सकारात्मक देखिएका छन् । ‘हाम्रो प्रस्तावमा झलनाथ कमरेड तयार भइसक्नुभएको छ,’ स्रोतले भन्यो, ‘उहाँ सक्रिय राजनीतिबाट विश्राम लिन तयार हुनुहुन्छ ।’

चार दलका दोस्रो तहका नेताहरूलाई अघि सारेको प्रस्तावलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि सकारात्मक भनेका छन् । ‘बाबुरामजीले राम्रो प्रस्ताव भन्नुभएको छ,’ ती नेताले भने, ‘उहाँ सकारात्मक देखिनुभएको छ ।’

कांग्रेस पदाधिकारीमा छलफल

विभिन्न चार दलका दोस्रो तहका नेताहरू बीच सुरू भएको यो प्रस्तावमाथि कांग्रेसका केही पदाधिकारीबीच पनि अनौपचारिक छलफल भएको छ । छलफलमा उनीहरूबीच पूर्वप्रधानमन्त्रीहरूलाई अवकाश लिन लगाउने विषयलाई सकारात्मक भनेका छन् ।

‘हामीले यो प्रस्तावलाई सकारात्मक रूपमा लियौँ । यो विषयमा हाम्रो कोर टिममा छलफल भयो । अरू दलका पूर्वप्रधानमन्त्रीहरू तयार हुनुभयो भने हामी यो प्रस्ताव सभापति देउवासमक्ष राख्न तयार छौँ,’ कांग्रेस पदाधिकारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

एक पदाधिकारीको भनाइलाई आधार मान्ने हो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अवकाश लिन तयार भए दलका दोस्रो तहका नेताहरूको पछिल्लो प्रयासले सार्थकता पाउने सम्भावना छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  २ : ५४ बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

काठमाडौं – ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस

सुरक्षा खतरा देखाउँदै रूसी नागरिकविरूद्ध इयूले भिसामा थप कडाइ गर्दै

ब्रसेल्स, बेल्जियम – युक्रेन युद्धको लगभग चार वर्ष पछि युरोपेली

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं–  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको