सेन्ट्रल जेलबाट भागेका विदेशीले गेस्ट हाउसबाट हामफाले « Khabarhub

सेन्ट्रल जेलबाट भागेका विदेशीले गेस्ट हाउसबाट हामफाले


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यही मंगलबार भएको जेन–जी प्रदर्शनका क्रममा केन्द्रीय कारागारबाट भागेका एकजना विदेशी नागरिकले गेस्ट हाउसबाट हामफालेर ज्यान गुमाएका छन् ।

फेरि प्रहरीले पक्राउ पर्ने डरमा रहेका उनले गेस्ट हाउसबाट हामफालेर आत्महत्या गरेका हुन् ।

जेन-जीको आन्दोलन अराजक बनेर विध्वंशात्मक भएका बेला सुन्धारास्थित सेन्ट्रल जेलबाट भागेका उनी बसेको गेस्ट हाउसमा प्रहरी पुगेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुन्धाराकै सुविधा गेस्ट हाउसमा लुकेका नेदरल्याण्ड्सका ८३ वर्षीय हेनरिकस एड्रियनस लोसफसले हामफालेका हुन् ।

तर शुक्रबार बिहान प्रहरीको टोली गेस्ट हाउसमा पुगेपछि उनले हामफालेका हुन् । हामफालेका उनको तत्कालै ज्यान गएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ३ : ०५ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।