सेन्ट्रल जेलबाट भागेका विदेशीले गेस्ट हाउसबाट हामफाले « Khabarhub

सेन्ट्रल जेलबाट भागेका विदेशीले गेस्ट हाउसबाट हामफाले


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यही मंगलबार भएको जेन–जी प्रदर्शनका क्रममा केन्द्रीय कारागारबाट भागेका एकजना विदेशी नागरिकले गेस्ट हाउसबाट हामफालेर ज्यान गुमाएका छन् ।

फेरि प्रहरीले पक्राउ पर्ने डरमा रहेका उनले गेस्ट हाउसबाट हामफालेर आत्महत्या गरेका हुन् ।

जेन-जीको आन्दोलन अराजक बनेर विध्वंशात्मक भएका बेला सुन्धारास्थित सेन्ट्रल जेलबाट भागेका उनी बसेको गेस्ट हाउसमा प्रहरी पुगेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुन्धाराकै सुविधा गेस्ट हाउसमा लुकेका नेदरल्याण्ड्सका ८३ वर्षीय हेनरिकस एड्रियनस लोसफसले हामफालेका हुन् ।

तर शुक्रबार बिहान प्रहरीको टोली गेस्ट हाउसमा पुगेपछि उनले हामफालेका हुन् । हामफालेका उनको तत्कालै ज्यान गएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ३ : ०५ बजे

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको