जापानमा शतायुको सङ्ख्या झण्डै एक लाख, ९० प्रतिशत महिला « Khabarhub

जापानमा शतायुको सङ्ख्या झण्डै एक लाख, ९० प्रतिशत महिला


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर पुगेका व्यक्तिहरूको सङ्ख्या झण्डै एक लाखको ऐतिहासिक उचाइमा पुगेको छ । यो सङ्ख्याको करिब ९० प्रतिशत महिला रहेको स्वास्थ्य मन्त्रालयले शुक्रबार प्रकाशित तथ्याङ्कले देखाएको छ ।

यो तथ्याङ्कले विश्वको चौथो ठूलो अर्थतन्त्र जापानमा तीव्र बुढ्यौली र घट्दो जनसङ्ख्याले उत्पन्न गरेको गम्भीर जनसाङ्ख्यिकीय सङ्कटलाई झल्काएको छ ।

सेप्टेम्बर १ सम्म देशमा ९९ हजार सात सय ६३ जना शतायु मानिस रहेका छन् । तीमध्ये चार हजार छ सय ४४ जनाको उमेर १०५ वर्षभन्दा माथि छ, जसमा महिलाको हिस्सा ८८ प्रतिशत छ ।

जापानकी सबैभन्दा वृद्ध व्यक्ति नारा क्षेत्रमा बस्ने ११४ वर्षीया शिगेको कागावा हुन् । उनी ८० वर्षसम्म प्रसूति–स्त्रीरोग विशेषज्ञ र सामान्य चिकित्सकका रूपमा सक्रिय थिए ।

“घर–घरमा कल गर्ने क्रममा धेरै हिँड्ने गरेँ, जसले मेरा खुट्टा बलिया बनायो । यही मेरो जीवनशक्तिको आधार हो”, कागावाले मन्त्रालयमार्फत भने । उनी अझै टिभी हेर्ने, पत्रिका पढ्ने र सुलेखन अभ्यास गर्ने गर्छन् ।

विश्वकै सबैभन्दा वृद्ध व्यक्ति भने बेलायती महिला एथेल क्याटरहम हुन् । उनी अगस्टमा ११६ वर्षकी भइन् । केही महिनाअघि ब्राजिलकी नन इना क्यानाबारो लुकासको निधनपछि उनलाई यो उपाधि दिइएको हो ।

जापानमा वृद्ध जनसङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सेवा र सामाजिक सुरक्षामाथि दबाब बढेको छ भने सङ्कुचित श्रमशक्तिले त्यसलाई धान्न गाह्रो बनाएको छ । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२४ मा मात्र जापानी नागरिकहरूको सङ्ख्या नौ लाखभन्दा बढीले घटेको थियो ।

प्रधानमन्त्री शिगेरु इशिबाले यसलाई ‘शान्त आपत्काल’ भन्दै जनसङ्ख्या ह्रास उल्टाउन लचिलो कार्यसमय र निःशुल्क डे केयर लागू गर्ने जस्ता परिवारमैत्री नीतिहरूको वाचा गरेका छन् । तर, अहिलेसम्म ती प्रयासहरूले उल्लेखनीय परिणाम दिन सकेका छैनन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ४ : ०० बजे

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक