प्रहरीले माग्यो जेनजीको प्रदर्शनमा आगजनी र लुटपाटका सबुत « Khabarhub

प्रहरीले माग्यो जेनजीको प्रदर्शनमा आगजनी र लुटपाटका सबुत


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले जेनजी आन्दोलनमा भएको लुटपाटमा संलग्न व्यक्तिहरूको प्रमाणमा गरेको छ । प्रहरीले लुटपाटमा संलग्नलाई कारबाही गर्नका लागि प्रमाण र सबुत पठाउनका लागि माग गरेको हो । 

प्रहरीले सूचना जारी गरेर काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना आगजनी लुटपाट लगायतका भिडियो तथा विभिन्न सामाजिक सञ्जालहरूमा लिङ्कहरू भए उपलब्ध गराउन अनुरोध गरेको  हो । 

जारी गरिएको सूचनामा भनिएको छ, ‘यही भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना आगजनी लुटपाट आम सर्वसाधारण त्रासश्रृङ्खला हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाईँसँग छ भने कृपया हामीलाई [email protected] मा पठाई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।’

प्रहरीले भिडियो तथा लिङ्कहरू पठाउनेलाई गोपनीयताको कायम रहने समेत विश्वास दिलाएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ४ : १४ बजे

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को