पोखरामा साँझ ७ बजेदेखि कर्फ्यू आदेश जारी « Khabarhub

पोखरामा साँझ ७ बजेदेखि कर्फ्यू आदेश जारी


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

कास्की । पोखरा महानगर क्षेत्रभित्र आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गरी पोखराको वडा नं १ देखि ३३ वडासम्मका सम्पूर्ण क्षेत्रहरूमा सो आदेश गरिएको जनाएको हो ।

पोखरामा आज बिहानदेखि बेलुकासम्म निषेधाज्ञा जारी गरिएको थियो । वर्तमान अवस्थामा देखिएको घटनाक्रमबाट हुन सक्ने विरोध, प्रदर्शन, तोडफोड, हुलदङ्गाका कारण शान्ति सुव्यवस्थालाई मध्येनजर गर्दै सो आदेश गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । 

आदेश जारी गरिएको सम्पूर्र्ण क्षेत्रहरूमा कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने उहाँले जानकारी दिनुभयो । कफ्र्युका अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ । 

यसैगरी भदौ २८ गते बिहान ५ बजेदेखि बिहान १० बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ । पोखरामा गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका कारण सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ । 

यहाँका अधिकांश सरकारी कार्यालयमा आगजनी गरिएको छ । प्रशासनले थप क्षति हुन नदिनका लागि भदौ २४ देखि दिउँसो निषेधाज्ञा तथा रातको समयमा कर्फ्यू लगाउँदै आएको छ । 

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ६ : ३४ बजे

कोशी र गण्डकीका उच्च भू–भागमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ