प्रधानमन्त्री बनेपछि सुशीला कार्कीले संसद्‌ विघटन सिफारिस गर्ने सहमति « Khabarhub

प्रधानमन्त्री बनेपछि सुशीला कार्कीले संसद्‌ विघटन सिफारिस गर्ने सहमति


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकार प्रमुखमा शपथ लिएपछि मन्त्रिपरिषद्‌ बैठकबाट प्रतिनिधि सभा विघटन सिफारिस गर्ने सहमति भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै बेलुकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी लगत्तै ९ बजे पद तथा गोपनीयताको सपथ खुवाउने उनको सचिवालयका अधिकारीहरूले जानकारी दिएका छन्‌ ।

राष्ट्रपति रामचन्द्र पौडेलका सञ्‍चारविज्ञ किरण पोखरेलका अनुसार शपथग्रहण पश्चात्‌ मन्त्रिपरिषद् बैठक बस्नेछ । बैठकको सिफारिसअनुसार राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गर्नेछन्‌ ।

मन्त्रिपरिषद्को सिफारिसमा मात्र सदन विघटन हुने संवैधानिक व्यवस्थाअनुसार प्रकृया अघि बढाउन लागिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

सानो आकारको मन्त्रिपरिषद्‌ गठन गरी सकेसम्म आजै प्रतिनिधि सभा विघटन गर्ने गृहकार्य भइरहेको छ । मन्त्रिपरिषद्‌मा को को रहने भन्नेबारे जानकारी प्राप्त भइसकेको छैन ।

सानो मन्त्रीपरिषद्को गठन गरी कार्कीले गृह मन्त्रालयको नयाँ भवनमा गएर पदभार ग्रहण गर्ने बताइएको छ ।

मन्त्रीपरिषद्को पहिलो बैठक शीतलनिवासमै फर्केर बस्ने र उक्त बैठकले पहिलो निर्णयका रूपमा प्रतिनिधि सभा विघटनको सिफारिस राष्ट्रपतिसमक्ष गर्नेछ ।

राष्ट्रपतिले लगत्तै प्रतिनिधिसभा विघटन गरिदिने सहमति जुटेको हो ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ८ : ३९ बजे

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ– टी–२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट जित हात

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार बस्दैछ ।