सुशीला कार्कीको शपथलगत्तै यी तीनजना हुनेछन् मन्त्री « Khabarhub

सुशीला कार्कीको शपथलगत्तै यी तीनजना हुनेछन् मन्त्री


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्रीमा नियुक्ति भएपछि सुशीला कार्कीले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दै छिन्।

मन्त्रालय टुङ्गो नलागे पनि मन्त्रीहरूको नाम भने टुङ्गो लागेको छ। कार्कीनिकट उच्च स्रोतका अनुसार नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ,जेन-जीका तर्फबाट सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्रीको शपथ लिने छन् ।

उनीहरूले पाउने मन्त्रालयको भने टुङ्गो लागिनसकेको प्रधानमन्त्री हुन लागेकी कार्की निकट स्रोतको भनाइ छ । गुरुङ जी–एनजीका तर्फबाट मन्त्रीका लागि सिफारिस भएका थिए। स्रोतका अनुसार उनको नागरिकतामा स्थायी ठेगाना गोरखा रहेको छ।

तर उनले धरानमा व्यवसाय गरेर बसिरहेको बताइएको छ। प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङ केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला बर्खास्त भएका व्यक्ति हुन् ।

उनकै नेतृत्वमा नेपालमा लोडसेडिङ अन्त्य गरेको बताइन्छ। यता अर्याल काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका कानुनी सल्लाहकार हुन्। उनले केही समयअगाडि बालेनको सल्लाहकारबाट बिदा भएर स्वतन्त्र कानुन व्यवसायीका रूपमा काम गर्दै आएका थिए।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ९ : ०२ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्