सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ | Khabarhub Khabarhub

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरेका छन्‌ । पहिलो महिला प्रधानन्यायाधीश कार्की देशको प्रथम महिला प्रधानमन्त्री बनेकी छिन्‌ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको संविधानको धारा ६१ को उपधारा (४) बमोजिम अन्तरिम सरकारको प्रमुख बनेकी हुन्‌ । उनले आजै शपथग्रहण गरिसकेकी छिन्‌ ।

संघीय संसद्‌ले यसअघि संविधानको धारा ७६ बमोजिम मन्त्रिपरिषद्‌ गठन गर्ने गर्थ्यो । तर, यही साता सोमबार र मङ्गलबार भएको जेन-जी प्रदर्शनले मुलुकको नियमित राजनीतिक कोर्ष नै फेरिदिएपछि धारा ६१ बाट अन्तरिम सरकार गठन हुन लागेको हो ।

संविधानको भाग-६ मा राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था छ । सोही भागको धारा ६१ को उपधारा (४) मा ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ उल्लेख छ ।

पछिल्लो प्रदर्शन क्रममा उठेको संसद्‌ विघटनको माग सम्बोधन गर्नेगरी राष्ट्रपति कार्यालयमा आजै सहमति भएको थियो ।

जेन-जी अभियन्ताहरूले संसद्‌बाट नभइ राष्ट्रपतिबाटै प्रधानमन्त्री नियुक्ति र संसद्‌ विघटन गर्न राखेको मागमा सहमति भएअनुसार कार्कीलाई उल्लेखित धाराबाट प्रधानमन्त्री नियक्ति गरिएको हो ।

कार्की प्रधानमन्त्री भएलगत्तै शपथग्रहण समारोहमा भाग लिन पूर्वप्रधानमन्त्रीहरू, प्रधानन्यायाधीशलगायत विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू शीतलनिवास पुगेका छन्‌ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ९ : ४३ बजे

इजरायलद्वारा थप १५ प्यालेस्टिनीको शव फिर्ता गरेको हमासद्वारा पुष्टि

गाजा शहर – इजरायलले शनिबार १५ प्यालेस्टिनीहरूको शव गाजालाई फिर्ता

फूल लिन घरमै पुगे व्यापारी, बढ्यो मूल्य

भक्तपुर – मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको

द क्लिफमा हाइलाइन अभ्यास

काठमाडौं- पर्वतको कुस्मा र बाग्लुङको बलेवाबीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन