संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा « Khabarhub

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन लागेकाे भन्दै त्यसका लागि दलका प्रमुख नेताहरू नै जिम्मेवार रहेको टिप्पणी गरेका छन्।

शर्माले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै संसद् विघटन सामान्य घटना नभई ऐतिहासिक त्रुटि भएको बताए। पार्टीलाई व्यक्तिगत स्वार्थ र पेवाको रूपमा मात्र हेर्ने नेताहरूका लागि यो ठूलो विषय नलागे पनि, इतिहासले यसको कठोर मूल्यांकन गर्ने उनले उल्लेख गरेका छन् ।

“संसद् विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार छन्,” उनले लेखेका छन्, “पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूको लागि यो ठूलो विषय नहुन सक्छ, तर इतिहासले यसको मूल्यांकन गर्नेछ।”

शर्माले दलहरूको आन्तरिक स्वार्थ र नेताहरूको व्यक्तिगत अहंकारकै कारण मुलुक राजनीतिक अस्थिरतामा फसेको पनि संकेत गरेका छन्।

यसअघि संसद् विघटनसँगै देश फेरि राजनीतिक संक्रमणतर्फ धकेलिएको भन्दै विभिन्न दलका नेताहरूले आपत्ति जनाएका थिए।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १० : ०४ बजे

कोशी र गण्डकीका उच्च भू–भागमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ