प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र « Khabarhub

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर असहमति’ रहेको जनाएको छ ।

उक्त पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले शुक्रबार बेलुकी प्रेस विज्ञप्ति जारी गरी वर्तमान संसद्‌ विघटन गर्ने निर्णय मुलुको संवैधानिक व्यवस्थाविपरीत रहेको उल्लेख गरेका हुन्‌ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको पदाधिकारीको आकस्मिक बैठकले ‘वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको सवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको’ सापकोटाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक र संवैधानिक सङ्कट टार्न राष्ट्रपति रामचन्द्र पौडेलले आजै अन्तरिम सरकार गठन गरेका छन्‌ । संसद्‌ विघटन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शपथसमेत खुवाइसकेका छन्‌ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १० : ०८ बजे

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ– टी–२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट जित हात

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार बस्दैछ ।