प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन « Khabarhub

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि युवाहरू र वीर सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो समर्थन व्यक्त गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति भएको केही समयपछि सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, “प्रिय जेनजी, तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ। वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”

बालेनको यो स्टाटसले जेन–जी आन्दोलनप्रति उनका दृष्टिकोण र सम्मानलाई स्पष्ट रूपमा देखाएको छ।

विशेष गरी, जेन–जी आन्दोलनपछि राजनीतिक परिवर्तनको प्रक्रियामा बालेन साहको संवेदनशीलता र सम्मानजनक अभिव्यक्तिले समाजमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ११ : ०७ बजे

कोशी र गण्डकीका उच्च भू–भागमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ