आज २०८२ साल असोज २६ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज २६ गते आइतबारको राशिफल


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज २६ गते आइबार । कात्तिक कृष्ण पक्षको षष्ठी तिथि । तदनुसार सन् २०२५ अक्टोबर १२ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ । बन्धुसँगको सहकार्यले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा केही समस्या देखिन सक्छ । वैदेशिक रोजगारीमा मन जानेछ । परीक्षा लेखेको भए नतिजा तपाईंको पक्षमा आउनेछ । परिवारभित्र मेलमिलाप हुनेछ ।

वृष : दिन राम्रो छ । धानलक्ष्मी योग परेको छ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ । स्वदेशमै विकल्प देखिनेछ । पठनपाठनमा जोश र जाँगर बढ्नेछ । परिवारको साथ मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । मन प्रशन्न रहनेछ । अधुरा काम बन्नेछन् । परिवारको साथ सहयोग प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन सामान्य छ । शत्रु बढ्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अग्रज र बौद्धिक व्यक्तिको सल्लाह लिएर गरेको काम सफल बन्नेछ ।

सिंह : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । गोपनीयता कायम राख्नु उचित हुनेछ । स्वदेशमा भन्दा वैदेशिकमा गरेको लगानीबाट नाफा हुनेछ । शिक्षामा थप मिहिनेत गर्नु उचित हुन्छ ।

कन्या : दिन राम्रो छ । काम गर्दा बोली र व्यवहारमा एकरुपता ल्याउनु जरुरी छ । सहयोगी मित्र बढ्नेछन् । सामाजिक सेवाका अवसर मिल्नेछ । गोपनीयता भंग नगर्नु राम्रो हुनेछ ।

तुला : दिन राम्रो छ । तपाईंको प्रतिभाको प्रदर्शनी गर्ने दिन छ । साथीले सहयोग गर्नेछन् । शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । परिवारभित्र मेलमिलाप हुने योग छ ।

वृश्चिक : दिन सामान्य छ । शरीरमा थकान बढ्नेछ । कार्यक्षेत्रमा शत्रु बढ्नेछन् । कुरा काट्ने सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ । आम्दानीका स्रोत बढ्ने योग छ । स्वास्थ्यमा भने विशेष ध्यान दिनुपर्ने समय छ ।

धनु : दिन राम्रो छ । पूराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथमा रमाइलो गर्ने योग छ । छोटो यात्रा तय होला ।

मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्यक यात्रामा नजानु उपयुक्त हुनेछ । धर्मकर्ममा मन जानेछ । विज्ञको सल्लाहमा गरेको कामबाट फाइदा हुनेछ ।

कुम्भ : दिन राम्रो छ । तपाईंले आज गरेको कामको प्रशंसा हुनेछ । आफन्तबाट माया पाइनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या पर्नसक्ने जोखिम छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : दिन सामान्य छ । बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने हुन्छ । व्यवहार गर्दा कम बोल्नु राम्रो हुन्छ । स्वास्थ्यमा समस्या आउनेछ । संकटमा परिवारको भने साथ मिल्नेछ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ५ : ४० बजे

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

बागमती– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक अपराह्न ५

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन हुने

काठमाडौँ– नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/एम

विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी : यो पटक ज्येष्ठ सूचीमा ४१ वर्षे रोनाल्डो

काठमाडौँ – विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष

१२ औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीकाे माग

चितवन– नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै

निर्धारित समयमा हुन सकेन चेसको राष्ट्रिय च्याम्पियनसिप छनोट

काठमाडौँ – नेपाल बुद्धिचाल महासङ्घको आन्तरिक विवादको असर झापामा ११