आज २०८२ साल असोज २६ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल असोज २६ गते आइतबारको राशिफल


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज २६ गते आइबार । कात्तिक कृष्ण पक्षको षष्ठी तिथि । तदनुसार सन् २०२५ अक्टोबर १२ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ । बन्धुसँगको सहकार्यले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा केही समस्या देखिन सक्छ । वैदेशिक रोजगारीमा मन जानेछ । परीक्षा लेखेको भए नतिजा तपाईंको पक्षमा आउनेछ । परिवारभित्र मेलमिलाप हुनेछ ।

वृष : दिन राम्रो छ । धानलक्ष्मी योग परेको छ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ । स्वदेशमै विकल्प देखिनेछ । पठनपाठनमा जोश र जाँगर बढ्नेछ । परिवारको साथ मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । मन प्रशन्न रहनेछ । अधुरा काम बन्नेछन् । परिवारको साथ सहयोग प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन सामान्य छ । शत्रु बढ्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अग्रज र बौद्धिक व्यक्तिको सल्लाह लिएर गरेको काम सफल बन्नेछ ।

सिंह : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । गोपनीयता कायम राख्नु उचित हुनेछ । स्वदेशमा भन्दा वैदेशिकमा गरेको लगानीबाट नाफा हुनेछ । शिक्षामा थप मिहिनेत गर्नु उचित हुन्छ ।

कन्या : दिन राम्रो छ । काम गर्दा बोली र व्यवहारमा एकरुपता ल्याउनु जरुरी छ । सहयोगी मित्र बढ्नेछन् । सामाजिक सेवाका अवसर मिल्नेछ । गोपनीयता भंग नगर्नु राम्रो हुनेछ ।

तुला : दिन राम्रो छ । तपाईंको प्रतिभाको प्रदर्शनी गर्ने दिन छ । साथीले सहयोग गर्नेछन् । शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । परिवारभित्र मेलमिलाप हुने योग छ ।

वृश्चिक : दिन सामान्य छ । शरीरमा थकान बढ्नेछ । कार्यक्षेत्रमा शत्रु बढ्नेछन् । कुरा काट्ने सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ । आम्दानीका स्रोत बढ्ने योग छ । स्वास्थ्यमा भने विशेष ध्यान दिनुपर्ने समय छ ।

धनु : दिन राम्रो छ । पूराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथमा रमाइलो गर्ने योग छ । छोटो यात्रा तय होला ।

मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्यक यात्रामा नजानु उपयुक्त हुनेछ । धर्मकर्ममा मन जानेछ । विज्ञको सल्लाहमा गरेको कामबाट फाइदा हुनेछ ।

कुम्भ : दिन राम्रो छ । तपाईंले आज गरेको कामको प्रशंसा हुनेछ । आफन्तबाट माया पाइनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या पर्नसक्ने जोखिम छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : दिन सामान्य छ । बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने हुन्छ । व्यवहार गर्दा कम बोल्नु राम्रो हुन्छ । स्वास्थ्यमा समस्या आउनेछ । संकटमा परिवारको भने साथ मिल्नेछ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ५ : ४० बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार