तोरीपानीका पाँच घरमा  ‘होमस्टे’ सञ्चालन « Khabarhub

तोरीपानीका पाँच घरमा  ‘होमस्टे’ सञ्चालन


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी नगरपालिका–९ तोरीपानीमा घरबास (होमस्टे) सञ्चालन भएको छ ।  तोरीपानी घुम्न आउने पर्यटकको सुविधा, स्थानीयको आयआर्जन सुधार, रोजगारीका अवसर सृजना र पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन भएको हो । पहिलो चरणमा पाँचवटा घरमा २१ जना क्षमताको घरबास सञ्चालन भएको समूहकी अध्यक्ष सीता खत्रीले बताइन् ।

‘पाहुना राख्नका लागि कोठा र शौचालयलगायत पूर्वाधार तयार भएका छन्’, उनले भनिन्, ‘इको हिमालय संस्थाले बेड, विस्तारा र सरसफाइका लागि आवश्यक पर्ने करिब ६ लाख मूल्यबराबरका सामग्री सहयोग गरेको छ ।’

जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना श्रेष्ठको घरबास सुरु भएको हो । संस्था दर्ता भइसकेको छ । दोस्रो चरणमा थप घरमा पनि घरबास सञ्चालनको तयारी भएको छ ।

समुद्री सतहदेखि एक हजार ७५० मिटर उचाइमा अवस्थित तोरीपानीको पृष्ठभूमिमा धवलागिरि र अन्नपूर्ण हिमाल देखिन्छ । मसलेदार फल टिमुरखेतीका लागि तोरीपानी प्रसिद्ध छ । तोरीपानीको शिरमा पर्यटकीयस्थल टोड्के, ऐतिहासिकस्थल ढोलथान दरबार, धार्मिकस्थल छन् ।

बेनीदेखि नेप्टेचौर हुँदै तोरीपानी जोड्ने सडक गण्डकी प्रदेश सरकारमार्फत कालोपत्रसहित स्तरोन्नतिका क्रममा छ । तोरीपानी हुँदै बाइसेचौबीसे राज्यको पालामा दरबार रहेको ढोलथान जोड्ने सडक सङ्घीय सरकार र नगरपालिकामार्फत स्तरोन्नतिका लागि योजनाहरू सञ्चालन भएका छन् ।

बेनीमा आउने पारिवारिक वातावरणमा रमाउन इच्छुक पाहुनाका लागि तोरीपानी उपयुक्त गन्तव्य बन्न सक्ने देखिन्छ । तोरीपानी हुँदै पैदलयात्रा र सडकको प्रयोग गरेर बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जान सकिन्छ ।

घरबासका माध्यमबाट पर्यटन प्रवर्द्धन, रोजगारी सृजना र स्थानीयको आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष चक्र केसीले बताए । (रासस)

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ०४ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली