जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुट्ने युवक ब्राउनसुगरसहित समातिए « Khabarhub

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुट्ने युवक ब्राउनसुगरसहित समातिए


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमकस्थित इलाका प्रहरी कार्यालयबाट गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा हतियार लुट्ने युवक ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

प्रहरीको एसएलआर राइफल लुटेर भागेका दमक नगरपालिका–३ का १८ वर्षीय आदित्य लिम्बू लागुऔषध मुद्दामा पक्राउ परेका हुन् ।

उनैले जेन-जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट एसएलआर राइफल लुटेर लाने क्रममा खिचिएको फोटो भाइरल भएको थियो।

इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक-३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी सेक्टर ए थ्री हट नम्बर ३५३ का साजन थापाको छाप्रोबाट थापासहित इलामको चुलाचुली-३ का तिलकबहादुर तामाङका छोरा ३२ वर्षीय दिपेश तामाङ, त्यही स्थानका प्रेमबहादुर राईका छोरा ३२ वर्षीय सनम राई पक्राउ परेका छन् ।

उता झापाको दमक-३ का रविकुमार आङ्देम्बेका छोरा १८ वर्षीय आदित्य लिम्बू, त्यही स्थानका हरिभक्त विश्वकर्माको छोरा १९ वर्षीय पविन विश्वकर्मा, कृष्णबहादुर दर्जीका छोरा २५ वर्षीय सूचन दर्जी पनि पक्राउ परेका छन् ।

त्यसैगरी बेलडाँगी भुटानी शरणार्थी शिविरका बिर्खबहादुर माझीका छोरा २५ वर्षीय विजय माझी र मोरङको मिक्लाजुङ-८ का दिलबहादुर पोर्तेलका छोरा २० वर्षीय निश्चल पोर्तेललाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका पोर्तेल मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीमा लागुऔषध मुद्दामा अनुसन्धानका क्रममा थिए । उनी जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते हिरासतबाट फरार भएका थिए ।

आदित्य इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको एसएलआर हतियार लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ। हतियार लुटेर भागेका लिम्बूले हतियार प्रदर्शन गरिरहेको फोटो पनि प्रहरीले सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ११ : ४३ बजे

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर– कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ– माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल