इजिप्टमा सडक दुर्घटनामा तीन कतारी कूटनीतिज्ञको मृत्यु « Khabarhub

इजिप्टमा सडक दुर्घटनामा तीन कतारी कूटनीतिज्ञको मृत्यु


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कायरो- इजिप्टको लोकप्रिय पर्यटकीय सहर शार्म अल–शेख नजिक आइतबार बिहान भएको भीषण सवारी दुर्घटनामा तीन जना कतारी कूटनीतिज्ञको निधन र दुई जना घाइते भएका छन् । उक्त घटनाको पुष्टि खाडी मुलुक कतारको इजिप्टस्थित दूतावासले गरेको हो । दूतावासका अनुसार मृतक सबै जना कूटनीतिक प्रतिनिधिमण्डलका सदस्य थिए ।

उनीहरू पछिल्ला दिनहरूमा गाजाको युद्धविराम र बन्धक मुक्तिका विषयमा भइरहेको वार्तामा सहभागी हुन लाल सागरको किनारमा अवस्थित शार्म अल–शेख सहर आएका थिए । इजिप्टेली राज्य–सम्बन्धित समाचार संस्था अल–काहेरा न्युजका अनुसार गाडीको स्टियरिङ नियन्त्रण गुम्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटनाग्रस्त गाडीमा पाँच जना कतारी र एक जना इजिप्टेली चालक रहेका थिए । कायरोस्थित कतारी दूतावासले एक विज्ञप्ति जारी गर्दै तीन कूटनीतिज्ञको निधनप्रति ‘गहिरो दुःख र समवेदना’ व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “मृतक र घाइतेहरूलाई आज नै विशेष कतारी विमानमार्फत दोहा लगिनेछ।” साथै, दुई जना घाइतेलाई हाल शार्म अल–शेख अन्तर्राष्ट्रिय अस्पतालमा आवश्यक उपचार दिइरहेको उल्लेख गरिएको छ । कतारले पछिल्ला महिनाहरूमा गाजाको युद्धविरामका लागि इजिप्ट र संयुक्त राज्य अमेरिकासँग मिलेर सक्रिय मध्यस्थता गर्दै आएको छ ।

उक्त प्रयासका क्रममा इजरायलले गत शुक्रबार बिहान ०९०० जिएमटीदेखि युद्धविराम लागू भएको घोषणा गरेको थियो । यसैबीच शार्म अल–शेख सहरले सोमबारदेखि सुरु हुने शान्ति शिखर सम्मेलनको तयारी गरिरहेको छ ।

उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले संयुक्त अध्यक्षता गर्नेछन् । यो बैठकमा गाजा पट्टीमा जारी युद्ध अन्त्य गर्ने सम्भावनाबारे छलफल गर्न २० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १२ : ३४ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज