धर्मेन्द्र र प्रकाश कौरसँगै, हेमा मालिनी अलग बंग्लोमा « Khabarhub

धर्मेन्द्र र प्रकाश कौरसँगै, हेमा मालिनी अलग बंग्लोमा


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको जीवन केवल पर्दामा होइन, पर्दा पछाडी पनि नाटकीय कथाले भरिएको छ । पंजाबबाट फिल्मी दुनियाँको खोजीमा मुम्बई आएका धर्मेन्द्र त्यसबेला पहिले नै विवाहित थिए ।

उनको जीवनमा पहिलो साथी बनेकी थिइन् प्रकाश कौर, जससँग उनले सन् १९५४ मा विवाह गरेका थिए, जब धर्मेन्द्र मात्र १९ वर्षका थिए ।

समय बित्दै जाँदा धर्मेन्द्र बलिउडका सुपरस्टार बने, र त्यससँगै उनका परिवारको जीवन पनि परिवर्तन हुँदै गयो ।  प्रकाश कौरले पनि आफ्नो श्रीमान सुपरस्टार बनेपछि आएको नयाँ र चम्किलो जीवनशैलीसँग आफूलाई ढाल्नुपर्‍यो । तर, उनीहरूको जीवनमा ठूलो मोड आयो जब धर्मेन्द्रको जीवनमा प्रवेश गरिन् अभिनेत्री हेमा मालिनी ।

सन् १९७० मा फिल्म ‘तुम हसीन मैं जवाँ’ को सुटिङका क्रममा धर्मेन्द्र र हेमा भेटिए, र उनीहरूको पर्दाको केमेस्ट्री वास्तविक जीवनमा पनि प्रेममा परिणत भयो । यस सम्बन्धलाई हेमा मालिनीको परिवारले कडा विरोध गरे पनि अन्ततः सन् १९८० मा उनीहरूले विवाह गरे । 

हेमा मालिनीसँग धर्मेन्द्रका दुई छोरीहरू छन्, ईशा देओल र आहाना देओल । ईशाले एक अन्तर्वार्तामा भनेकी थिइन् कि उनले धर्मेन्द्रकी पहिलो श्रीमती प्रकाश कौरलाई पहिलो पटक आफू ३० वर्षकी हुँदा मात्र भेटेकी थिइन् ।

हालै, धर्मेन्द्रका कान्छा छोरा बबी देओलले दिएको अन्तर्वार्ताले उनका प्रशंसकहरूबीच पुनः चर्चा जगाएको छ । भारतीय मिडियासँगको अन्तर्वार्तामा उनले बताएका छन्, बुवा र आम प्रकाश कौर र चार सन्तान (सनी र बोबी देओल, र छोरीहरू अजिता र विजेता )सँगै आफ्नै घरमा बस्ने गरेको र अभिनेत्री हेमा मालिनी छुट्टै आफ्नै बंग्लामा बस्ने गरेको जानकारी दिए । 

केही समयअघि धर्मेन्द्र र प्रकाश कौरले आफ्नो ७१औं वैवाहिक वर्षगाँठ मनाएका थिए । यस अवसरमा बबीले उनीहरूको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै अभिभावकप्रतिको सम्मान र माया व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  २ : ०२ बजे

दश वर्षको प्रेमपछि रोनाल्डो-जर्जिनाको विवाह, यसरी बनेको थियो उनीहरूको प्रेमकथा

काठमाडौं– विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको जीवनमा अब अर्को विशेष

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा– सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा

एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनका लागि वेश+ ०.५ प्रतिशतमा ’इभी अटो कर्जा’ सुरु

काठमाडौं– एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै नयाँ

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

कास्की– विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा