टाटा मोटर्सले सुरु गर्‍यो ‘धनतेरस टाटा उत्सव’ : सुनको असर्फी जित्ने मौका | Khabarhub Khabarhub

टाटा मोटर्सले सुरु गर्‍यो ‘धनतेरस टाटा उत्सव’ : सुनको असर्फी जित्ने मौका


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको शुभदिपावलीसँगै आउँदै गरेको धनतेरस पर्वलाई लक्षित गर्दै देशव्यापी रुपमा ‘धनतेरस टाटा उत्सव’ कार्यक्रम आजबाट शुभारम्भ गरेको छ । यो कार्यक्रममा ग्राहकले आकर्षक अफरका साथ सुनको असर्फी बम्पर उपहारमा जित्ने कम्पनीले जनाएको छ ।

टाटाको नेपालभरि रहेको शोरुमहरुमा आइतबाट सुरु गरिएको यो कार्यक्रम कात्तिक २ गतेसम्म हुने कम्पनिले जनाएको छ । यस  कार्यक्रम अन्तर्गत ग्राहकले टाटा मोटर्सका विद्युतीय मोडलहरू : टाटा टियागो.ईभी, पंच.ईभी, नेक्सन के३.ईभी र कर्भ.ईभीका साथै आईसीई मोडलहरू टियागो, पंच, नेक्सन र सफारी खरिद गर्दा उपहार तथा छुटका सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

यस्तै, यस कार्यक्रम अन्तर्गत, फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्री एक्सेसरीज, व्यापक अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्री एम्बोस्ड नम्बर प्लेट र फ्री होम चार्जिङ इन्स्टलेसन लगायतका सुविधाहरू ग्राहकहरूले प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ।  

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  २ : ३९ बजे

मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं– सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे

ओलीलक्षित प्रचण्डको कटाक्ष : जेन-जीहरूलाई दमन र हत्या गर्नेले हाम्रो पार्टीलाई वृद्धाश्रम भनेछन्

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन-जीहरूको शान्तिपूर्ण

मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध : कानुन मन्त्री भण्डारी

विराटनगर– कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण

६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं- सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव