भेपमा सुन तस्करी प्रकरण : पक्राउ परे पूर्वसभामुख महरा « Khabarhub

भेपमा सुन तस्करी प्रकरण : पक्राउ परे पूर्वसभामुख महरा


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले महरालाई भेपमा सुन लुकाएर ल्याएको प्रकरणमा सीआईबीले पक्राउ गरेको पुष्टि खबरहबसँग गरेका छन् ।

यसअघि बिहीबार मात्रै महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेर बयान दिएका थिए ।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका उनलाई अन्तरिम सरकारले फेरि अनुसन्धानमा तानेको हो । अख्तियारमा बयान दिएर आएको तीन दिनपछि नै महरा सीआईबीको हिरासतमा पुगेका हुन् ।

यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेको पालामा पक्राउ परेका उनलाई बिरामी भएको बहानामा हाजिरी जमानीमा छाडिएको थियो ।

त्यसबेला प्रधानमन्त्री पनि माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । महरामाथि तीनवर्षअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको प्रकरणमा अख्तियारले अनुसन्धान गरेको थियो।

भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर माओवादीका उपाध्यक्ष उनी सत्ता र शक्तिको भरमा बाहिरै थिए ।

प्रचण्ड निरन्तर सत्तामा रहेपछि उनी मनमौजी जीन्दगी बाँचिरहेका छन् । उनी दुई पटक महरा प्रहरी अनुसन्धानमा तानिएका भए पनि शक्तिले काम गरेको हो ।

उनीविरुद्ध पहिलो पटक मुद्दा चलाइएको थिएन । दोस्रो पटक २०८० चैत ५ मा रवि लामिछाने गृहमन्त्री हुँदा कपिलवस्तुबाट समातिएका थिए ।

पक्राउलगत्तै उनलाई काठमाडौंस्थित केन्द्रीय अनुसन्धान ब्युरो ल्याएर अनुसन्धान अघि बढाइएको थियो । तर ५ दिनपछि चैत ९ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरालाई हाजिरी जमानीमा छाडेको थियो ।

महरामाथि विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप छ । यस प्रकरणमा तस्कर समूहसँग सम्बन्ध देखिएको उनका छोरा राहुल पनि अनुसन्धानमा तानिएका छन् ।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका नाइके चिनियाँ नागरिक दाओजिन वाङसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो ।

चिनियाँ तस्करसँग फोन सम्पर्क गरेको देखिएपछि महरा परिवारमाथि छानबिन अघि बढेको थियो । महराले यसअघि सीआईबीसमक्ष दावाजिनसँग चिनजान भएको र रोकिएका सामान मिलेसम्म छुटाउन अनुरोध गरेको स्वीकार गरेका थिए। उनले विधिवत् आएको सामान रोकियो भनेपछि त्यसलाई छुटाउन मात्रै आफूले पहल गरेको बताएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ५ : ०३ बजे

‘विकासका लागि सबै जिम्मेवार बन्नुपर्छ’

काठमाडौं– मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दललगायत सबै जिम्मेवार

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

रास्वपालाई यी १९ जिल्लाको भर, समानुपातिकमा ठूलो भूगोल छुट्दा पहिलो दल हुनै मुस्किल

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको

यस्तो छ, समानुपातिकको बन्द सूची

काठमाडौं– निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी