क्षतिग्रस्त पुलबाट जोखिम मोलेरै यात्रा गर्न बाध्य इलामवासी « Khabarhub

क्षतिग्रस्त पुलबाट जोखिम मोलेरै यात्रा गर्न बाध्य इलामवासी


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेची राजमार्गको विकल्पमा इलाम–तिल्केनी–बञ्जवेदी–नामसालिङ–नयाँबजार हुँदै फिक्कल निस्कने सडकखण्ड प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । 

प्रशासनले आइतबार सूचना जारी गर्दै अस्थायी रूपमा उक्त खण्ड प्रयोग गर्न सकिने जनाएको हो । 

भू–संरचनागत जोखिमका कारण माइखोलास्थित राजदुवाली खण्ड भने तत्कालका लागि सुचारु गर्न सक्ने अवस्था नरहेको सूचनामा उल्लेख गरिएको छ । 

इलाम नगरपालिकाका स्थानीय निरज खडेगीका अनुसार दशैं मनाउन आएका यात्रुहरूसमेत अलपत्र परेका कारण हाललाई क्षतिग्रस्त पुल फिलिङ गरेर साना सवारी मात्रै सुचारु गर्न सकिएको हो । 

‘इलाम नगरपालिकाको ८ नम्बर वाडको तिल्लेनी हुँदै माइखोला बञ्जदेवीको आंशिक क्षतिग्रस्त ढलान पुलको पिल्लरमा फिलिङ गरेर अड्किएका साना सवारी सुचारु गर्ने हो, यो खण्डबाट सूर्योदय नगरपालिका फिदिम मेची राजमार्ग जोडिन्छ,’ उनले बताए ।

यो खण्ड पनि अस्थायी रूपमा खोलिएको हो भोलि पुनः मर्मत गर्ने छलफल भएको उनले थपे । जोखिम कायमै रहेकाले रातको समयमा सवारी सञ्चालन गर्न भने पूर्ण रूपमा रोक लगाइएको छ । 

असोज २६ गते राति १० बजेदेखि असोज २७ गते बिहान ६ बजेसम्म सवारी सञ्चालन बन्द रहने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ६ : ४२ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले