आगामी निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्छ : अध्यक्ष यादव « Khabarhub

आगामी निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्छ : अध्यक्ष यादव


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मोरङ– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्ने बताएका छन् । 

पार्टीको १ नं प्रदेश समितिको आजदेखि यहाँ सुरु भएको दुई दिने एकताको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले दलहरूको सहभागिता बिना निर्वाचन सफल हुन नसक्ने भएकाले सरकारले अविलम्ब दलहरूसँग बैठक एवं वार्ता गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष यादवले संविधानको पुनः लेखन गरी शासकीय स्वरूपमा संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएमा मात्र मुलुकमा राजनीतिक स्थायित्व एवं विकास सम्भव हुने धारणा राखे ।

उनले विगतको दुई तिहाइ सरकारको कुशासनका कारण मुलुक गरिबीतर्फ गएकाले जेन-जीको आन्दोलनले सरकार दुई दिनमा ढलेको स्मरण गराए ।

पार्टीका सहअध्यक्ष रकम चेम्जोङले जेन-जीको आन्दोलनले भ्रष्टाचारलाई किनारा लगाएको चर्चा गर्दै आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न जनतासमक्ष जानुपर्ने बताए । 

पार्टीका प्रदेश अध्यक्ष दीपक याक्ख्याको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्वमन्त्री जयराज यादव, पार्टीका सचिवद्वय लाक्पा शर्मा र राजकुमार राई, नेता अर्जुन थापा, सञ्जय सिंहलगायतले जेन-जी आन्दोलन भ्रष्टाचारविरुद्ध एवं जनताको हक अधिकार स्थापित गर्न भएको विचार राखे ।

एकताको अधिवेशनमा प्रदेशका १४ जिल्ला समितिका पदाधिकारी एवं विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधिको सहभागिता रहेको छ ।
 

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ६ : २९ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले