जाँचबुझ आयोगले माग्यो- राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्ति क्षतिको विवरण « Khabarhub

जाँचबुझ आयोगले माग्यो- राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्ति क्षतिको विवरण


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भदौ २३ र २४ गते देशका विभिन्न भागमा भएका प्रदर्शनका क्रममा भएको भौतिक र मानवीय क्षतिको विवरण संकलन गर्न गठन गरिएको जाँचबुझ आयोग, २०८२ ले सम्बन्धित पक्षहरूलाई क्षतिको विस्तृत विवरण पठाउन आग्रह गरेको छ।

यस प्रकरणमा गत असोज ९ गतेदेखि नै आयोगले अनुसन्धान गरिरहेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माले क्षतिको विवरण र क्षतिको अनुमानित लागत बुझाउन आग्रह गरेका छन् । क्षति भएको सम्पत्तिको बिमा भएको वा नभएको पनि खुलाउन भनिएको छ ।

विज्ञप्तिमा जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ बमोजिम गठन भएको आयोगले असोज ९ गतेदेखि औपचारिक रूपमा काम सुरू गरेको भनिएको छ ।

आयोगले प्रदर्शनका क्रममा राजनीतिक दल, संघसंस्था, निजी वा सार्वजनिक सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण [email protected] इमेलमार्फत पठाउन अनुरोध गरेको छ।

क्षतिको विवरण पठाउँदा संघसंस्था वा व्यक्तिको नाम, ठेगाना, क्षतिको प्रकार, अनुमानित लागत, बीमा भएको वा नभएको र अन्य कैफियत उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ। साथै, घटनालाई प्रमाणित गर्न सक्ने श्रव्यदृश्य, तस्बिर वा कागजात पनि संलग्न गर्न आग्रह गरिएको छ।

आयोगले भदौ २३ र २४ का प्रदर्शनका क्रममा काठमाडौँसहित देशका विभिन्न स्थानमा भएको मानवीय क्षति र सम्पत्ति विनाशको यथार्थ तथ्य उजागर गर्न व्यापक प्रमाण संकलन अभियान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ०९ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका