धनुषाका ६ पालिकाका कर्मचारी र शिक्षकले तलब पाएनन् « Khabarhub

धनुषाका ६ पालिकाका कर्मचारी र शिक्षकले तलब पाएनन्


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – धनुषा जिल्लाका १८ पालिकामध्ये ६ पालिकाका कर्मचारी तथा शिक्षकले तलबलगायत सुविधा पाएका छैनन् । यी पालिकामा नगरसभा नभएकाले कर्मचारीले चाडपर्वको समयमा पनि तलब भत्ता पाउनबाट वञ्चित भएका हुन् ।

जिल्लाको मिथिला, क्षीरेश्वरनाथ, कमला र हंसपुर नगरपालिका तथा औरही गाउँपालिकाको सभा बस्न सकेको छैन । पालिकामा जनप्रतिनिधिहरूका बीचमा योजनाको विषयमा विवाद रहेका कारणले सभा हुन नसकेको जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जानकारी दिए ।

अन्य पालिकामा समेत विवाद रहेकामा समन्वय समितिको पहिलपछि सभा भएका र छ पालिकामा भने विभिन्न चरणमा छलफल भए पनि नियमित वार्षिक अधिवेशन हुन नसकेको उनले बताए।

“यहाँका अधिकांश पालिकामा कुनै एक दलको बहुमत छैन । त्यसैले हरेक वर्ष योजना बाँडफाँड तथा सञ्चालनका लागि आर्थिक स्रोतको बाँडफाँडमा विवाद हुने गरेको छ । स्थानीय शासन ऐनअनुसार पालिकाको परिषद्ले बजेट पास नगरेसम्म तलब भत्तासहितको कुनै पनि शीर्षकमा रकम खर्च गर्न नपाउने कानुनी प्रावधान रहेको छ । त्यसैले कर्मचारीले सेवा सुविधा पाउन सकेका छैनन्”, समन्वय समिति प्रमुख मण्डलले भने ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : २० बजे

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ