सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता र सुनुवाइ हुने « Khabarhub

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता र सुनुवाइ हुने


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले यही असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ गर्ने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट)ले आज यही असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुने निर्णय गरेको हो ।

“यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुनेछ”, सर्वोच्च अदालतबाट जारी सूचनामा भनिएको छ, “साथै सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने बेहोरासमेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

यसअघि गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति हुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियोे । त्यसयता सर्वोच्चले त्रिपालमा इजलास बसेर सेवा दिइरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ५३ बजे

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य

प्रतिबन्ध र द्वन्द्वका बाबजुद इरानको व्यापार घाटामा घट्यो

तेहरान – इरानी चालू आर्थिक वर्षको १० महिनाको अवधिमा इरानको

विस्फोटक पारी खेलेका ईशान आउट, भारतले गुमायो दोस्रो विकेट

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल

फागुन १८ गतेसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४