पर्सा– अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी यहाँ एक हजार ६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा दुई हजार ३६७ उजुरी परेकामा हालसम्म छ सय ३५ उजुरी फर्स्योट गर्न बाँकी छन् ।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले एक लाखको ऋण दिएर तीन लाखसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै पनि नहटेको बताए । उनले अझै पनि वास्तविक मिटरब्याज पीडितले न्याय पाउन नसकेको बताए ।
पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पाँच वर्षअघि एक लाख १० हजार ऋण लिएकोमा साहुकार जोगिन्दर राउत कुर्मीले तीन लाख ३० हजारको तमसुक बनाएको आरोप लगाए ।
पर्सामा मेलमिलापको बिगो २९ करोड १२ लाख ८५ हजार ५९७ रहेको, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको प्रवक्ता बस्नेतले जानकारी दिए । (रासस)













प्रतिक्रिया