काठमाडौं– डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ ।
सुदूरपश्चिम रोयल्स र डाबर नेपालबीच बुधबार काठमाडौँमा सम्झौता भएको हो । सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले हस्ताक्षर गरे ।
सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले डाबरजस्तो प्रतिष्ठित कम्पनीसँगको साझेदारीले टोलीलाई थप हौसला प्रदान गर्ने बताए ।
‘डाबरजस्तो कम्पनी टोलीसँग जोडिएकोमा हामी खुसी छौँ,’ खड्काले भने, ‘यो सम्झौताले टोलीमा थप ऊर्जा र हौसला बढाएको छ।’
यता, डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले यो साझेदारीलाई सुखद् अवसरको रूपमा लिएको बताए ।
उनले भने, ‘डाबर रेड पेस्ट सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर बन्न पाउँदा हामीलाई खुसी लागेको छ । यो साझेदारीले सर्वाधिक समर्थक भएको टोलीलाई नेपालको नम्बर एक टूथपेस्ट ब्रान्डसँग जोडेको छ।













प्रतिक्रिया