माओवादीबाट १० नेताको विद्रोह : जनार्दनको ‘प्रगतिशील राष्ट्रिय अभियान’मा लागेको घोषणा « Khabarhub

माओवादीबाट १० नेताको विद्रोह : जनार्दनको ‘प्रगतिशील राष्ट्रिय अभियान’मा लागेको घोषणा


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  माओवादी आन्दोलनमा दशकौँदेखि सक्रिय केही केन्द्रीय सदस्यहरूले नेकपा (माओवादी केन्द्र) बाट अलग हुँदै जनार्दन शर्माको नयाँ राजनीतिक अभियानमा लागेको घोषणा गरेका छन् । 

उनीहरूले शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’ नामक नयाँ संगठनमार्फत देशभक्त, वामपन्थी, जनतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई गोलबद्ध गर्ने घोषणा गरेका हुन् ।

नेता लक्ष्मण पन्त, ओम शर्मा, सागर पोखरेल, रामहरि पुडासैनी, धर्मराज खतिवडा, ईश्वर पौडेल, बाबुराम सापकोटा, दिल निशानी मगर र इञ्जिनियर प्रतीक पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ-
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र लोकतन्त्रको अभ्यास नगरी नातावाद, कृपावाद र सत्तालिप्सामा पार्टीलाई डुबाए । 

‘हामीले पटक–पटक पार्टीभित्र लोकतान्त्रिक अभ्यास, पारदर्शिता र पुनर्गठनको माग गर्दै आएका थियौं, तर ती मागहरूलाई बेवास्ता गर्दै अध्यक्ष प्रचण्डले सत्ता र शक्तिको लोभमा माओवादी आन्दोलनकै गौरवशाली इतिहास मेटाउने प्रयास गरेका छन्’, उनीहरूले भनेका छन् ।

नेताहरूले माओवादी केन्द्रबाट छुट्टिँदै माधव नेपालसँग गरिएको फोहोरी एकतामार्फत पार्टीलाई भ्रष्ट र जनविरोधी दिशामा लगिएको आरोप पनि लगाएका छन् । उनीहरूले माओवादी नेतृत्वको सत्तालिप्सा र परिवारवादले कम्युनिष्ट आन्दोलनको नैतिक धरातल कमजोर पारेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा हालैको जेन्जी आन्दोलनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गर्दै भनिएको छ, ‘राज्यका संरचनाहरू खरानी भएका बेला नेताहरू व्यारेकमै लुकेर बसे, यो जनताप्रति ठूलो धोका हो। त्यसका लागि जिम्मेवारी लिनुको साटो, फेरि पनि आफूलाई कुर्सीमा राख्ने खेल भइरहेको छ ।’

जनार्दन नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’ ले देशभित्र र बाहिर रहेका सबै देशभक्त, वामपन्थी र प्रवासी नेपालीहरूलाई नयाँ दृष्टि र जनमुखी कार्यक्रमका साथ एकताबद्ध हुन आह्वान गरिसकेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘विगत दुई दशकदेखि सत्तामा रहेर देशलाई दिशाहीन बनाउने पुराना नेताहरूबाट मुक्त भएर नयाँ पुस्ताले देश पुनर्संरचना गर्ने समय आएको छ ।’

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ५ : ५८ बजे

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले