प्रधानमन्त्रीले लिइन् निर्वाचनको तयारीबारे आयोगसँग जानकारी « Khabarhub

प्रधानमन्त्रीले लिइन् निर्वाचनको तयारीबारे आयोगसँग जानकारी


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीका बारे निर्वाचन आयोगसँग जानकारी लिएकी छन् ।

बुधबार सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनका बारेमा आयोगले अहिलेसम्म गरेका तयारीका बारेमा जानकारी लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस्तै मतदाता नामावली दर्तामा देखिएका समस्या समाधानका लागि भएका प्रयासका बारेमा पनि प्रधानमन्त्रीले चासो व्यक्त गरेकी छन् । 

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्नका लागि सबैको सहयोग हुने बताएको प्रवक्ता भट्टराईले जानकारी दिए । 

प्रवक्ता भट्टराईले आयोगले तीव्र रूपमा निर्वाचनको तयारी गरिरहेको भन्दै सरकारलाई निरन्तर आयोगले जानकारी गराइरहेको बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ६ : ४९ बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान