प्रधानमन्त्रीले लिइन् निर्वाचनको तयारीबारे आयोगसँग जानकारी « Khabarhub

प्रधानमन्त्रीले लिइन् निर्वाचनको तयारीबारे आयोगसँग जानकारी


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीका बारे निर्वाचन आयोगसँग जानकारी लिएकी छन् ।

बुधबार सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनका बारेमा आयोगले अहिलेसम्म गरेका तयारीका बारेमा जानकारी लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस्तै मतदाता नामावली दर्तामा देखिएका समस्या समाधानका लागि भएका प्रयासका बारेमा पनि प्रधानमन्त्रीले चासो व्यक्त गरेकी छन् । 

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्नका लागि सबैको सहयोग हुने बताएको प्रवक्ता भट्टराईले जानकारी दिए । 

प्रवक्ता भट्टराईले आयोगले तीव्र रूपमा निर्वाचनको तयारी गरिरहेको भन्दै सरकारलाई निरन्तर आयोगले जानकारी गराइरहेको बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ६ : ४९ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव