देशभर १ करोड ८३ लाख मतदाता, चुनाव घोषणापछि २ लाख ९ हजार थपिए « Khabarhub

देशभर १ करोड ८३ लाख मतदाता, चुनाव घोषणापछि २ लाख ९ हजार थपिए


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगमा हालसम्म एक करोड ८३ लाख मतदाता अभिलिखत भएका छन् । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा उक्त कुराको जानकारी दिएका हुन् ।

उक्त छलफलका क्रममा भण्डारीले हालसम्म एक करोड ८३ लाख ७७ हजार मतदाता आयोगको तथ्यांकमा अभिलिखित रहेका बताए । उनले गत भदौ २७ गते संसद् विघटन गरेर फागुन २१ का लागि निर्वाचन घोषणापछि मात्रै २ लाख ९ हजार ५५२ मतदाता थपिएको पनि बताएका छन् ।

हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराउन आइसकेको उनले बताए ।

आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको जानकारी दिएको छ । अब निर्वाचन कार्यक्रम प्रकाशन गर्न लागेको भण्डारीले बताए ।

उनका अनुसार त्यसअघि दलहरूसँग फेरि छलफल गर्ने तयारी आयोगले गरेको छ। प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेदवारको खर्च घटाउन र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको सम्भाव्यताबारे आयोगसँग सोधेकी थिइन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ६ : ५५ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव