इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने « Khabarhub

इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अलराउन्डर डान डौथवेटलाई नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि अनुबन्ध गरेको छ। क्लबले सामाजिक सञ्जालमार्फत उनको आवागमनको जानकारी दिएको हो।

२८ वर्षीय डौथवेटले अघिल्लो संस्करणमा काठमाडौं गोर्खाजका तर्फबाट खेलेका थिए। उनले इंग्ल्यान्डको राष्ट्रिय टोलीको प्रतिनिधित्व नगरे पनि घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका छन्।

उनले ७६ टी–२० खेलमा तीन अर्धशतकसहित ८५६ रन बनाएका छन् र ७७ विकेट समेत लिएका छन्। पोखराले यसअघि इंग्ल्यान्डका विकेटकिपर ब्याटर एडम रोसिङटन र वेस्टइन्डिजका रेमन रेइफर लाई पनि अनुबन्ध गरिसकेको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : २८ बजे

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी