कांग्रेसका ४५ निर्वतमान सांसदले संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेको दाबी « Khabarhub

कांग्रेसका ४५ निर्वतमान सांसदले संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेको दाबी


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको समर्थनमा नेपाली कांग्रेसका ४५ जना निवर्तमान सांसदले हस्ताक्षर गरेको दाबी गरिएको छ। नेपाली कांग्रेसभित्र हस्ताक्षर अभियान सञ्चालन गरिरहेका नेता श्याम घिमिरेका अनुसार, कांग्रेसका कुल ८८ मध्ये ४५ सांसदले पुनःस्थापनाको पक्षमा हस्ताक्षर गरेका हुन्।

केन्द्रीय समितिको बैठकमा घिमिरेले कांग्रेसले प्रतिनिधिसभा विघटनलाई संवैधानिक ठहर गरेको भन्दै आफूहरूले त्यसको विरुद्धमा हस्ताक्षर अभियान थालेको जानकारी दिए।

उनले भने, ‘सांसदको हस्ताक्षर जुटाएको भन्दै केही नेताहरू रिसाउनुभयो। तर कार्यसम्पादन समितिले सरकार गठन र संसद् विघटन दुवै अवैधानिक भएको निर्णय गरिसकेको छ। अहिलेको असमञ्जसपूर्ण अवस्थालाई सही दिशामा लैजान संसद् पुनःस्थापना र फ्रेस म्यान्डेट दुवै सम्भावना हुन्। दुवै धारका साथीहरू छन्, एकको विचार ठीक र अर्काको गलत भनेर भन्न मिल्दैन।’

घिमिरेले लोकतान्त्रिक पार्टीमा विचार भिन्नता स्वाभाविक हुने भन्दै मतभेदलाई सम्मान गर्नुपर्ने बताएका छन्। उनका अनुसार, विगतमा पनि हरेकपटक संसद् विघटन हुँदा कांग्रेस अदालतमा पुनःस्थापनाको पक्षमा उभिएको थियो, त्यसैले यस पटक पनि त्यही धार निरन्तरता दिनु उचित हुने उनको भनाइ छ।

‘कांग्रेसका ८८ निवर्तमान सांसदमध्ये ४५ जनाले पुनःस्थापनाको पक्षमा हस्ताक्षर गर्नुभएको छ,’ घिमिरेले भने, ‘त्यसैले पार्टीले औपचारिक रूपमा पुनःस्थापनाको पक्षमा जाने निर्णय गरोस् भन्ने हाम्रो चाहना हो।’

उनका अनुसार, यो अभियान शीर्ष नेताहरूको निर्देशनमा होइन, सांसदहरूको स्वःस्फूर्त पहलमा सुरु गरिएको हो।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : ५९ बजे

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

रौतहट– मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको