कांग्रेसका ४५ निर्वतमान सांसदले संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेको दाबी « Khabarhub

कांग्रेसका ४५ निर्वतमान सांसदले संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेको दाबी


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको समर्थनमा नेपाली कांग्रेसका ४५ जना निवर्तमान सांसदले हस्ताक्षर गरेको दाबी गरिएको छ। नेपाली कांग्रेसभित्र हस्ताक्षर अभियान सञ्चालन गरिरहेका नेता श्याम घिमिरेका अनुसार, कांग्रेसका कुल ८८ मध्ये ४५ सांसदले पुनःस्थापनाको पक्षमा हस्ताक्षर गरेका हुन्।

केन्द्रीय समितिको बैठकमा घिमिरेले कांग्रेसले प्रतिनिधिसभा विघटनलाई संवैधानिक ठहर गरेको भन्दै आफूहरूले त्यसको विरुद्धमा हस्ताक्षर अभियान थालेको जानकारी दिए।

उनले भने, ‘सांसदको हस्ताक्षर जुटाएको भन्दै केही नेताहरू रिसाउनुभयो। तर कार्यसम्पादन समितिले सरकार गठन र संसद् विघटन दुवै अवैधानिक भएको निर्णय गरिसकेको छ। अहिलेको असमञ्जसपूर्ण अवस्थालाई सही दिशामा लैजान संसद् पुनःस्थापना र फ्रेस म्यान्डेट दुवै सम्भावना हुन्। दुवै धारका साथीहरू छन्, एकको विचार ठीक र अर्काको गलत भनेर भन्न मिल्दैन।’

घिमिरेले लोकतान्त्रिक पार्टीमा विचार भिन्नता स्वाभाविक हुने भन्दै मतभेदलाई सम्मान गर्नुपर्ने बताएका छन्। उनका अनुसार, विगतमा पनि हरेकपटक संसद् विघटन हुँदा कांग्रेस अदालतमा पुनःस्थापनाको पक्षमा उभिएको थियो, त्यसैले यस पटक पनि त्यही धार निरन्तरता दिनु उचित हुने उनको भनाइ छ।

‘कांग्रेसका ८८ निवर्तमान सांसदमध्ये ४५ जनाले पुनःस्थापनाको पक्षमा हस्ताक्षर गर्नुभएको छ,’ घिमिरेले भने, ‘त्यसैले पार्टीले औपचारिक रूपमा पुनःस्थापनाको पक्षमा जाने निर्णय गरोस् भन्ने हाम्रो चाहना हो।’

उनका अनुसार, यो अभियान शीर्ष नेताहरूको निर्देशनमा होइन, सांसदहरूको स्वःस्फूर्त पहलमा सुरु गरिएको हो।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : ५९ बजे

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा