अशोक राईको जनता समाजवादी पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच एकताको तयारी « Khabarhub

अशोक राईको जनता समाजवादी पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच एकताको तयारी


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न १० कम्युनिस्ट घटक दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकताको तयारी सुरु गरिएको छ।

दुवै पार्टीका नेताहरूबीच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएसँगै एकीकरणका लागि प्रक्रिया सुरु गरिएको हो ।

राई नेतृत्वको जसपाको हालै सम्पन्न केन्द्रीय बैठकबाट एकताका लागि केन्द्रीय कार्यकारिणी परिषद्लाई जिम्मेवारी दिएको थियो।

जसपाका केन्द्रीय सदस्य सोनाम लामाका अनुसार केही नेताको जिम्मेवारी व्यवस्थापनलगायत प्राविधिक विषयको टुङ्गो लगाउने काम भइरहेको छ।
यो टुंगो लागेसँगै केही दिनभित्र एकताको घोषणा गरिने उनले बताए।

नेपाली कम्युनिस्ट पार्टीले समान विचारधारा भएका समूह तथा राजनीतिक दलसँग एकता गरी बृहत् कम्युनिस्ट केन्द्र निर्माणको अभियान थालेको छ।

नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीलगायत दश वामपन्थी दलले गत बुधबार एकता गरेपछि गठन भएको उक्त पार्टीले चुनावअगाडि वाम शक्ति ध्रुवीकरण गर्ने जनाएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ९ : १२ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको