भारत र रुसले द्विपक्षीय ‘मोबिलिटी’ सम्झौतामा हस्ताक्षर गर्ने « Khabarhub

भारत र रुसले द्विपक्षीय ‘मोबिलिटी’ सम्झौतामा हस्ताक्षर गर्ने


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र रुसले द्विपक्षीय ‘मोबिलिटी’ सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा यस्तो सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

पुटिनले आगामी डिसेम्बर महिनाको पहिलो साता भारत भ्रमण गर्दैछन् । नयाँ सम्झौताले कानुनी आप्रवासन, कामदारको अधिकार रक्षा र रुसमा दक्ष भारतीय जनशक्तिको विस्तार हुने भारतको द हिन्दू अखबारले जनाएको छ ।

हाल रुसले आफ्नो अर्थतन्त्र विस्तारका लागि दक्ष कामदार खोजिरहेका बेला दुई मुलुकबीच यस्तो सम्झौता हुन लागेको हो । समाचारमा जनाइए अनुसार नयाँ सम्झौताले हाल रुसमा बसोबास गरिरहेका भारतीयका लागि कानुनी सुरक्षा पनि प्रत्याभूत गर्नेछ ।

त्यसबाहेक रुसको निर्माण, टेक्सटाइल, इन्जिनियरिङ र इलेक्ट्रोनिक्सजस्ता क्षेत्रमा नयाँ रोजगारी पनि सिर्जना गर्नेछ । यस वर्षको अन्त्यसम्म रुसी श्रम मन्त्रालयको कोटाअनुसार ७० हजारभन्दा धेरै भारतीय नागरिक रुसमा औपचारिक रोजगारमा समावेश हुनेछन् ।

मस्कोमा रहेको भारतीय व्यापार साझेदारी (आईबीए) ले यस सम्झौताको स्वागत गर्दै यो सम्झौता द्विपक्षीय सम्बन्धमा रणनीतिक कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरेकोे छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १ : २५ बजे

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग