काठमाडौं – शुक्रबार नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।
११औँ महाधिवेशनको पूर्वासन्ध्यामा सचिवालय बस्न लागेको हो । एमाले महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ।
बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना प्रस्ताव लगायतका विषयमा छलफल हुने बताइएको छ ।













प्रतिक्रिया