एमाले सचिवालय बैठक जारी, विधानमा हेरफेर र पदाधिकारी बढाउने प्रस्तावमा धारणा राख्दै नेताहरू « Khabarhub

एमाले सचिवालय बैठक जारी, विधानमा हेरफेर र पदाधिकारी बढाउने प्रस्तावमा धारणा राख्दै नेताहरू


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अढाई घण्टादेखि जारी नेकपा एमालेको सचिवालय बैठकमा विधान संशोधनको प्रस्तावबारे छलफल भइरहेको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षले पदाधिकारी र केन्द्रीय सदस्य थप्ने गरी विधान संशोधनको कुरा राखेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले आपत्ति जनाएको छ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अहिले नेताहरूले आफ्नो धारणा राखिरहेका छन् । यस्तै शनिबारबाट सुरु हुने एघारौँ महाधिवेशनमा प्रतिनिधिको व्यवस्थापन तयारी लगायत विषयमा पनि छलफल भइरहेको छ।

‘विधानमा हेरफेरबारे कुरा राखिएको छ, यसबारे छलफल भइरहेको छ, केही निर्णय भएको छैन’, बैठकमा सहभागी ती पदाधिकारीले खबरहबलाई भने, ‘दशौँ महाधिवेशनको जस्तै १९ पदाधिकारी कायम गरौँ भन्ने प्रस्ताव अगाडि बढेको छ । तर यसमा कुनै निर्णय भएको छैन। १० औँ महाधिवेशनकै संरचनामा जाऊँ भन्ने अध्यक्षको प्रस्तावमा नेताहरुले कुरा राख्नुभएको छ।’

अध्यक्ष ओलीनिकट एकजना नेताका अनुसार १९ जना पदाधिकारी कायम गरेर जाने प्रस्ताव आएको छ । गत भदौ २०-२२ गते भएको दोस्रो विधान महाधिवेशनबाट पारित विधानमा हेरफेर गर्दै दुई उपाध्यक्ष र दुई सचिव थप्ने प्रस्ताव अध्यक्ष ओलीले गरेका छन् ।

एघारौँ महाधिवेशन अगाडि शुक्रबार अन्तिमपटक बसेको सचिवालय बैठक अझै केही घण्टा लम्बिन सक्ने नेताहरूले बताएका छन् ।

‘महत्वपूर्ण र मुख्य विषयमा सहमति जुटेको छैन, बैठक केही लम्बिन सक्छ’, सहभागी ती पदाधिकारीले भने, ‘थप निर्णयबारे प्रतिक्षा गर्नुपर्ने हुन्छ । रातिसम्म बैठक लम्बिन सक्छ ।’

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ५ : ३७ बजे

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा