एमाले सचिवालय बैठक जारी, विधानमा हेरफेर र पदाधिकारी बढाउने प्रस्तावमा धारणा राख्दै नेताहरू « Khabarhub

एमाले सचिवालय बैठक जारी, विधानमा हेरफेर र पदाधिकारी बढाउने प्रस्तावमा धारणा राख्दै नेताहरू


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अढाई घण्टादेखि जारी नेकपा एमालेको सचिवालय बैठकमा विधान संशोधनको प्रस्तावबारे छलफल भइरहेको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षले पदाधिकारी र केन्द्रीय सदस्य थप्ने गरी विधान संशोधनको कुरा राखेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले आपत्ति जनाएको छ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अहिले नेताहरूले आफ्नो धारणा राखिरहेका छन् । यस्तै शनिबारबाट सुरु हुने एघारौँ महाधिवेशनमा प्रतिनिधिको व्यवस्थापन तयारी लगायत विषयमा पनि छलफल भइरहेको छ।

‘विधानमा हेरफेरबारे कुरा राखिएको छ, यसबारे छलफल भइरहेको छ, केही निर्णय भएको छैन’, बैठकमा सहभागी ती पदाधिकारीले खबरहबलाई भने, ‘दशौँ महाधिवेशनको जस्तै १९ पदाधिकारी कायम गरौँ भन्ने प्रस्ताव अगाडि बढेको छ । तर यसमा कुनै निर्णय भएको छैन। १० औँ महाधिवेशनकै संरचनामा जाऊँ भन्ने अध्यक्षको प्रस्तावमा नेताहरुले कुरा राख्नुभएको छ।’

अध्यक्ष ओलीनिकट एकजना नेताका अनुसार १९ जना पदाधिकारी कायम गरेर जाने प्रस्ताव आएको छ । गत भदौ २०-२२ गते भएको दोस्रो विधान महाधिवेशनबाट पारित विधानमा हेरफेर गर्दै दुई उपाध्यक्ष र दुई सचिव थप्ने प्रस्ताव अध्यक्ष ओलीले गरेका छन् ।

एघारौँ महाधिवेशन अगाडि शुक्रबार अन्तिमपटक बसेको सचिवालय बैठक अझै केही घण्टा लम्बिन सक्ने नेताहरूले बताएका छन् ।

‘महत्वपूर्ण र मुख्य विषयमा सहमति जुटेको छैन, बैठक केही लम्बिन सक्छ’, सहभागी ती पदाधिकारीले भने, ‘थप निर्णयबारे प्रतिक्षा गर्नुपर्ने हुन्छ । रातिसम्म बैठक लम्बिन सक्छ ।’

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ५ : ३७ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले