हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ « Khabarhub

हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

आज बाराको सिमराबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेशको ०३–०३१ प ६९९० नं को मोटर साइकलसहित दुई जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अवैध लागूऔषधको कारोबारमा संकलन रहेको अभियोगमा पर्साको वीरगञ्ज महानगरपालिका–३१ निवासी २१ वर्षीय शिव पासवान र सोही स्थानका २३ वर्षीय निरज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजुप्रसाद कुर्मीले जानकारी दिए । 

‘निजहरूले जुत्ताको भित्रपट्टी राखी ल्याएको अवैध खैरो हिरोइन १६० मिलीग्रामसहित पक्राउ गरी अनुसन्धान थालिएको छ’, उनले भने ।

निजहरूले सवारीका रूपमा प्रयोग गरेका मधेश प्रदेशको ०३–०३१ प ६९९० नं को मोटरसाइकललाई पनि रातोमाटे प्रहरीले नियन्त्रणमा लिएको प्रहरी कक्षले जनाएको छ । 

यसैगरी लागूऔषध खैरो हिरोइनको कारोबार गर्न वीरगञ्जबाट हेटौँडा बजारतर्फ आएका एक जनालाई स्थानीय सानोपोखराका प्रहरीले आज पक्राउ गरेका सूचना अधिकारी कुर्मीले बताए । 

हेटौँडा उपमहानगरपालिका–९ त्रिवेणीमा डेरा लिई बस्ने २२ वर्षीय सुमित थापाको साथबाट खैरो हिरोइन चार ग्राम २७० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । 

निजले प्रयोग गरिएको ना २३ प ४३४ नं को मोटरसाइकललाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ७ : ४६ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको