एमाले महाधिवेशन हलमा पेस हुनेछ ईश्वर पोखरेलको प्रस्तावना « Khabarhub

एमाले महाधिवेशन हलमा पेस हुनेछ ईश्वर पोखरेलको प्रस्तावना


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ। यो महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनबाहेक अन्य केही विषय समावेश नहुने बताएका छन्।

उनको यो अभिव्यक्ति र निर्देशनात्मक आदेशलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आपत्ति जनायो।

यसअघि पोखरेलले मंसिर २२ गते अध्यक्ष ओलीलाई बुझाएको प्रस्तावना भने महाधिवेशन हलमा पेस हुने भएको छ।

सचिव योगेश भट्टराईका अनुसार शुक्रबारको सचिवालय बैठकले ईश्वर पोखरेलले बुझाएको प्रस्तावना पढ्न पाउनेछन्। प्रस्तावनाको विषयका केही कुरा भने आवश्यकताअनुसार निर्णय गरेर अगाडि जाने निष्कर्ष बैठकले निकालेको उनको भनाइ छ।

त्यस्तै उनले आगामी महाधिवेशनमा १५ प्रतिशत युवा केन्द्रीय कमिटीमा रहनपर्ने प्रस्ताव आफूले सचिवालय बैठकमा राखेको पनि बताए। उनले आफ्नो प्रस्तावबारे महाधिवेशनको बन्दसत्रमा छलफल हुने पनि बताए।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ८ : ३५ बजे

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज

भिजिट भिसा प्रकरण: तीर्थराज भट्टराईलाई २५ लाख धरौटी माग्ने आदेश

काठमाडौं- भिजिट भिसा अनियमितता प्रकरणमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा

आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा

कास्की – पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन भइरहेको आइटिएफ वल्र्ड

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – उपरथीमा विशेष बढुवा हुनुभएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति

एमालेमा विधान महाधिवेशनमा पारित विधानकै आधारमा नयाँ नेतृत्व चयन गरिने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा गत