उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान « Khabarhub

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपरथीमा विशेष बढुवा हुनुभएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को यही मङ्सिर २२ गतेको निर्णयअनुसार नेपाली सेनाको सहायक रथीबाट उपरथी दर्जामा विशेष बढुवा हुनुभएका क्षेत्रीलाई प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

नेपाली सेनाको जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले सहायक रथी र महासेनानी दर्जामा पदोन्नति हुनुभएका एक–एक जना महासेनानी तथा प्रमुख सेनानीलाई दर्ज्यानी चिह्न प्रदान गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृतलगायत पदोन्नति हुनुभएका रथीवृन्त तथा अधिकृतहरूका परिवारजनको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ८ : ५९ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने