चीनतर्फ न्भिडियाका चिप्स तस्करीको आरोपमा अमेरिकामा दुई चिनियाँ पक्राउ « Khabarhub

चीनतर्फ न्भिडियाका चिप्स तस्करीको आरोपमा अमेरिकामा दुई चिनियाँ पक्राउ


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनतर्फ न्भिडियाका चिप्स तस्करीको आरोपमा अमेरिकामा दुई जना चिनियाँ पक्राउ परेका छन् । अमेरिकाको न्याय मन्त्रालयका अनुसार चीनतर्फ चिप्स तस्करी गरेको आरोपमा दुई जना चिनियाँ पुरुषलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुमाथि चीनतर्फ एच१०० र एच२०० चिप्स तस्करी गरेको आरोप लगाइएको छ । अभियोजनकर्ताहरुले फानयुए गोङ र बेनलिन युआनलाई पक्राउ गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका ४३ वर्षीय फानयुए चिनियाँ नागरिक रहेको जनाइएको छ । त्यसैगरी, ५८ वर्षीय बेनलिन चिनियाँ मूलका क्यानाडेली नागरिक हुन् ।

उनीहरुले हङकङमा रहेको लजिस्टिक कम्पनीका कामदारसँग मिलेर ती चिप्स चीनमा रहेको एआई प्रविधि कम्पनीलाई पुर्‍याउने षड्यन्त्र गरेको आरोप लगाइएको छ । हाल अमेरिकाले चीनतर्फ उच्च क्षमताका चिप्स निर्यातमा बन्देज लगाएको छ ।

फानयुएले खुद्रा कारोबारी तथा मध्यस्थकर्तासँग ती चिप्स खरिद गरेका थिए । उनले ती चिप्स थाइल्याण्ड र ताइवानमा रहेका अमेरिकी ग्राहकलाई पठाउने भनेर दस्तावेज तयार पारेका थिए ।

ती चिप्सहरु अमेरिकाका विभिन्न गोदाममा राखिएको थियो । ती गोदाममा चिप्समा राखिएको लेबल हटाएर झूठो कम्पनीको नाम टाँसिएको थियो । न्भिडियाको लेबल हटाएर अर्कै कम्पनीको लेबल टाँस गरिएका ती चिप्स निर्यातका लागि तयार पारिएको थियो ।

बेग्लै उजुरीपत्रमा बेनलिनले हङकङको लजिस्टिक कम्पनीका तर्फबाट ती लेबलको जाँच गर्नका लागि मानिसहरु नियुक्त गरेका थिए । उनले ती चिप्सहरु चीनतर्फ नभइ अन्यत्रै लैजान लागिएको भन्दै झूठो विवरण दिएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  २ : १४ बजे

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक