पाकिस्तानी प्रहरी सबैभन्दा भ्रष्ट : ट्रान्सपरेन्सी « Khabarhub

पाकिस्तानी प्रहरी सबैभन्दा भ्रष्ट : ट्रान्सपरेन्सी


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ट्रन्सपरेन्सी इन्टरनेशनलले पाकिस्तानको प्रहरी सबैभन्दा धेरै भ्रष्ट संस्था रहेको जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल पाकिस्तानले जारी गरेको प्रतिवेदनमा पाकिस्तानी जनताले त्यहाँको प्रहरी सबैभन्दा भ्रष्ट सरकारी संस्था रहेको महसुस गर्ने जनाइएको छ ।

उक्त संस्थाले ४ हजार पाकिस्तानी जनतामाझ गरेको सर्वेक्षणमा यस्तो तथ्य सार्वजनिक भएको हो । हरेक प्रान्तका एक हजार जना समेटेर ४ हजार जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो ।

तीमध्ये २४ प्रतिशतले प्रहरी नै सबैभन्दा भ्रष्ट संस्था रहेको प्रतिक्रिया दिएका थिए । सबैभन्दा धेरै पञ्जाब प्रान्तका ३४ प्रतिशतले भ्रष्टाचार हुने गरेको जनाएका थिए । त्यसैगरी, बलोचिस्तानका २२ प्रतिशत, सिन्धका २१ प्रतिशत र खैबर पख्तुनख्वा प्रान्तका २० प्रतिशतले प्रहरी नै सबैभन्दा धेरै भ्रष्ट रहेको उल्लेख गरेका थिए ।

सन् २०२३ को तुलनामा भने प्रहरी भ्रष्ट रहेको भन्ने जनताको अनुभूतिमा केही सुधार भएको जनाइएको छ । प्रहरीपछि पाकिस्तानमा ठेक्कपट्टा क्षेत्र र त्यसपछि न्यायालय सबैभन्दा भ्रष्ट रहेको सर्वेक्षणका सहभागीहरुले उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  २ : ५५ बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना