जब अमिरले भने- ‘माँकसम म रोमान्टिक छु, विश्वास नभए मेरो दुई पत्निलाई सोध्नू’ « Khabarhub

जब अमिरले भने- ‘माँकसम म रोमान्टिक छु, विश्वास नभए मेरो दुई पत्निलाई सोध्नू’


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक अमिर खान अहिले फिल्म प्रचारमा दौडिरहेका छन् । उनी आफ्नो फिल्मको प्रचारमा भने हिडेका होइनन् । उनका छोरा जुनैदको अभिनित फिल्म ‘लवयापा’को प्रचारमा व्यस्त भएका हुन् ।

मुम्बईमा शनिबार ‘लवयापा’को ट्रेलर सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा अमिर पनि उपस्थित थिए । रोमान्टिक कमेडी जनरामा बनेको ‘अवयापा’बाट जुनैदको हलमा प्रदर्शन हुने पहिलो फिल्म हो । सोहीकारण छोरा फिल्म प्रचारमा उनी लागेको हो ।

रोमान्स र कमेडी खुराक भएको ट्रेलरपछि हेरेपछि अमिरले आफू पनि रोमान्टिक व्यक्ति भएको खुलाएका हुन् ।

अमिर रोमान्टिक भन्दा सन्देशमूलक फिल्ममा काम गर्न रुचाउँछन् । सार्वजनिक कार्यक्रममा उनी गम्भीर मुद्रामा देखिन्छन् भने तार्किक वहस गर्न माहिर मान्निछन् ।

अमिरले सार्वजनिक स्थानमा आफूलाई रोमान्टिक दाबी गर्नु आफैँमा नौलो कुरा थियो । उनले आफूलाई रोमान्टिक भनेर दाबी गर्दा सहज पत्याउने विषय थिए । यो कुरा अमिरले पनि महसुस गरे र सत्य हो भनेर विश्वास दिलाउने उनले कसमै खाए ।

उनले भनेका थिए, ‘वास्तवमा म धेरै रोमान्टिक छु । माँ कमस म बहुत रोमान्टिक व्यक्ति हुँ । मैले यो भन्दा अनौठो लाग्न सक्छ ।’

अब उनी रोमान्टिक हुन् होइनन् ? कसरी थाहा पाउने ? उनी रोमान्टिक छ÷छैन थाहा पाउन उनले रोमान्स गरेकासँग सोध्नुको विकल्प छैन । अर्थात् उनको पत्नी अथवा ग्रर्लफ्रेन्डलाई सोध्नु प¥यो ।

अमिरले भने ‘पत्नीलाई सोध्ने’ विकल्प दिए । उनले थपे, ‘म रोमान्टि प्रकारको व्यक्ति हुँ । यो कुरा मेरा दुई पत्नीलाई सोध्न सक्नुहुन्छ ।’

अमिरका दुई विवाह गरेका छन् । दुवै श्रीमतिसँग उनको डिभोर्स भइसकेको छ । हाल उनी फिल्म ‘दंगल’की कलाकार फतिमा सना शेखसँग प्रेम सम्बन्धमा रहेको चर्चा छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : १० बजे

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

विदेशको ज्ञान, स्वदेशमा कमाइ

चितवन– दश वर्ष दुबईमा मजदुरी गरेर फर्किएका टीकाबहादुर गुरुङले मायाँटारमा

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौं– नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु