इडेन गार्डेनमा २१ मार्चमा आइपिएलको पहिलो खेल हुने « Khabarhub

इडेन गार्डेनमा २१ मार्चमा आइपिएलको पहिलो खेल हुने


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

इडेन गार्डेन – यस वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) २१ मार्चदेखि सुरु हुने भएको छ। इडेन गार्डेनमा उद्घाटन खेल तथा २५ मेमा फाइनल खेल हुनेछ। यसैगरी महिला प्रिमियर लिग (डब्लुपिएल) ७ फेब्रुअरीदेखि २ मार्चसम्म हुनेछ। नोभेम्बरमा भएको मेघा अक्सन भन्दा अघि नै १५ मार्चदेखि २५ मेका बिचमा आइपिएल हुने तय भएको थियो।

यस वर्ष च्याम्पियन्स ट्रफी ९ मार्चसम्म हुने भएका कारण दुई साता खाली राखेर २१ मार्चको मिति तय भएको हो। पुरा तालिका भने यस महिनाको अन्त्यमा प्रकाशित हुने अनुमान गरिएको छ।

साबिक विजेताको आतिथ्यलाई स्वीकार गर्दै उद्घाटन खेल अर्को टोलीले खेल्ने छ। कलकत्ता नाइट राइडर्स साबिक विजेता भएकै कारण उद्घाटन खेल हुने स्थान कलकत्ता चयन गरिएको हो। दोस्रो क्वालिफायर पनि कलकत्तामा नै हुने छ। पहिलो क्वालिफायर र इलिमिनेटर भने हैदरावादमा हुनेछ।

यस वर्षको आइपिएलमा पनि ७४ खेल हुनेछन्। पछिल्ला २ सिजनमा पनि ७४ खेल नै भएका थिए। यस वर्ष टेस्ट च्याम्पियनसिपको फाइनल पनि हुने भएकाले भारतीय खेलाडीलाई धेरै भार नपार्नका लागि सो नीति लिइएको भए पनि भारतले टेस्ट च्याम्पियनसिपको फाइनल गुमाइसकेको छ।

महिला प्रिमियर लिग चार स्थानमा
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले महिला प्रिमियर लिगका लागि मुम्बई र बंगलोरको साथमा थप दुई स्थान थपेको छ। यसरी थपिएको स्थानमा बरौडा र लखनउ हुन्। यस लिगको पनि तालिका बाहिर आउन बाँकी छ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ६ : ५८ बजे

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर